विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बागलुङको कुस्मिसेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले माग गरे अनुसारको सेयर खरिद गर्न झन्डै २८ गुणा बढी आवेदन परेको छ । आज (मंसिर २६ गते) अन्तिम दिन साँझ ५ बजेसम्म आवेदन दिने समय तोकिएको थियो ।

कम्पनीले गत मंसिर २१ गतेदेखि सेयर बिक्रीका लागि खुल्ला गरेकोमा अन्तिम दिनसम्म १२ लाख ५५ हजार ६ सय ३३ आवेदकले आवेदन दिएका छन् । कम्पनीले १ करोड ४३ लाख २२ हजार १ सय ७० कित्ता सेयर खरिदका लागि दरखास्त आह्वान गरेको थियो । माग गरिएको सेयरको तुलनामा आवेदकको संख्या २७.७९ गुणा बढी देखिएको निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित ५ करोड ५४ लाख रुपैयाँ बराबरको ५ लाख १५ हजार २ सय २० कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट दरखास्त आह्वान  गरेको थियो । स्थानीयमा आवेदन प्राप्त नभएको बाँकी १ लाख ४ हजार कित्ता सेयर सर्वसाधरणमा थप गरिएको थियो ।

निष्कासित सेयरमध्ये ५ प्रतिशत हुन आउने अर्थात २७ हजार ७ सय कित्ता  सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको र २ प्रतिशत हुन आउने अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २ सय २० कित्ता सेयर सर्वसाधरण्का लागि निष्कासन गरिएको हो ।

बाग्लुङमा सञ्चालित ठेउले खोला साना जलविद्युत आयोजनाले २०७५ असार २४ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit