विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मन्दाकिनी हाइड्रो पावर लिमिटेडले ५ लाख कित्ता सेयर आवेदन खुल्ला गरेको छ । कम्पनीले अायोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर आवेदन खुल्ला गरेकाे हो ।

सय रुपैयाँ अंकित ५ करोड ८८ लाख ३ हजार ७ सय रुपैयाँ बराबरको ५ लााख ८८ हजार ३७ कित्ता साधारण सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९ सय रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ८८ लाख ३ हजार ७ सय रुपैयाँ कित्ता सेयर निष्कासन गरिएकाे छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २,३,४ र ६ (साविकको सार्दिखोला गाविस, घाचोक गाविस, गाहाचोक गाविस र धिताल गाविसका वासिन्दाका लागि छुट्याएको सेयर निष्कासन गरेकाे छ ।

स्थानीयले छिटोमा असार १५ गतेसम्म र ढिलोमा आसार ३० गतेसम्म आवेदन दिन पाउनेछन् । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्  । 

कम्पनीको सेयर निष्कासन तथा बाँडफाँड गर्न बिओके क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले कास्की जिल्लाको सार्दी खोलामा रहेको ४ मेगावाटको सार्दी खोला जलविद्युत केन्द्रले २०७४ मंसिर २३ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit