विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गण्डकी प्रदेशभित्र विद्युत् विस्तारमा प्रयोग भएका ३० हजार बढी काठका जीर्ण पोल विस्थापन भएको छ । प्रदेश तथा स्थानीय तह र नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा काठका खम्बा विस्थापित गरिएको हो ।

प्रदेश सरकार स्थापना भएयता ३० हजार ४ सय ८१ काठका जीर्ण खम्बा हटाइएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका प्रवक्ता हरिदत्त पौडेलले बताए ।

‘प्रदेश अन्तर्गत दीर्घकालीन र गुणस्तर विद्युत् आपूर्ति गर्न जीर्ण काठको खम्बा विस्थापन आवश्यक छ,’ उनले ऊर्जाखबरसँग भने, ‘मुख्यगरी ग्रामीण भेगमा विद्युत् आपूर्तिमा प्रयोग भइरहेको जीर्ण तथा पुराना काठको खम्बा हटाउने काम भइरहेको छ ।’

प्राधिकरणसँग विस्तृत तथ्यांक लिएर स्थानीय सरकारसँगको साझेदारीमा जीर्ण काठको पोल हटाइएको पौडेलले बताए । सामुदायिक संस्था वा लघुजलविद्युत्बाट बिजुली वितरण भइरहेको क्षेत्रका पोलबारे विस्तृत तथ्यांक नभएकोले ती क्षेत्रमा खम्बा हटाउने, नयाँ पोल राख्ने काम नभएको पनि उनले बताए ।

पर्वत, म्याग्दी, मनाङ, नवलपुर, कास्की, मुस्ताङको अधिकांश जीर्ण पोल हटाइसकिएको छ । बागलुङ, लमजुङ, तनहुँ, स्याङ्जा, गोरखा जिल्लामा अझै बाँकी छ ।

आर्थिक वर्ष २०७५/७६ ‘उज्यालो गण्डकी प्रदेश’को लक्ष्य पूरा गर्न पनि विद्युत् प्रसारण लाइन सुधार गर्नुपर्ने आवश्यकता रहेको मन्त्रालयका ऊर्जा शाखाका प्रमुख इन्जिनियर जीवन श्रेष्ठले बताए ।

थप १३ हजार बाँकी

प्राधिकरण, गण्डकी प्रादेशिक कार्यालयका प्रमुख कमल आचार्यले प्रादेशिक कार्यालय अन्तर्गत अझै १३ हजार बढी जीर्ण तथा पुराना काठको पोल प्रतिस्थापन गर्न बाँकी रहेको बताए ।

पोखरा वितरण केन्द्र अन्तर्गत ७ हजार, लजमुङ वितरण केन्द्र अन्तर्गत २ हजार, कावासोती वितरण केन्द्र अन्तर्गत १५० काठको पोल हटाउनुपर्ने आचार्यले बताए । अन्य केन्द्र अन्तर्गत पनि काठको धेरै पोल जीर्ण देखिएकाले हटाउन आवश्यक रहेको उनले बताए । ‘पर्याप्त बजेट नहुँदा जीर्ण अवस्थामा पुगेका काठका विद्युतीय पोल फर्ने समस्या भएको छ’ उनले भने ।

विद्युतीय दुर्घटना न्यूनीकरणका लागि जीर्ण विद्युत्का खम्बा र गुजुल्टिएका तार हटाउन अत्यावश्यक भइसकेको उनको भनाइ छ । अव्यवस्थित तार र खम्बाका कारण हुने दुर्घटनाबाट मानिसले ज्यान गुमाउनुपर्ने स्थिति छ ।

प्रसारण लाइन सुधार सँगसँगै प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुर्‍याएर यसैवर्ष ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गर्ने मन्त्रालयको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit