विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ३५ मेगावाटको न्यासेम खोला जलविद्युत आयोजनाको निर्माण अबको एक महिनामा सुरु हुने भएको छ । सिन्धुपाल्चोकमा पहिचान भएको आयोजना निर्मणमा जान लागेको हो ।

अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक र आवसगृह निर्माण भइरहेको प्रवद्र्धक सीता हाइड्रो पावर कम्पनीका अध्यक्ष सीताराम तिम्सिनाले बताए । ‘आयोजनाका लागि लगानी जुटिसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘पहुँच सडक र कर्मचारी बसोबास गर्ने घर निर्माणपछि आयोजनाको संरचना निर्माणको काम सुरु हुन्छ ।’

उनले आयोजनाको संरचना निर्माणको काम सुरु गर्न ठेकेदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । आयोजना निर्माण गर्न ६ अर्ब ३४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

कूल लागतको ७५ प्रतिशत बैंकको लगानी हुनेछ । आयोजनामा सानिमा बैंकको अगुवाईमा ४ अर्ब ७२ करोड ऋण लगानी गर्ने सम्झौता भइसकेको पनि तिम्सिनाले बताए । 

आयोजनामा सानिमासहित, हाइड्रो पावर इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) एसबिआई र ग्लोबल आइएमई गरी ४ बैंक तथा वित्तीय संस्थाले लगानी गर्दैछन् । २५ प्रतिशत स्वपुँजी लगानी छ ।

कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग गरेको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार २०८० साल असार १५ गतेबाट व्यावसायिक विद्युत उत्पादन सुरु गर्ने तालिका छ । आयोजनाले उत्पादन गर्ने विद्युत पाङटाङ सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको विद्युतगृहबाट सबस्टेसनसम्म आवश्यक ९ किलोमिटर प्रसारण लाइन कम्पनीले निर्माण गर्नेछ । यो आयोजनामा लगानी गर्ने समूहले यसअघि २२ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजनाको सफल निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit