विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माँ दुर्गा काली हाइड्रो पावर कम्पनी प्रालिले ४.९५ मेगावाटको मिवाजे खोला साना जलविद्युत आयोजना ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनीले अध्ययन पुरा भएको आयोजनाको काम २०८३ असार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएकाे हो । 

गण्डकी प्रदेश, कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मिवाजे खोलामा पहिचान भएको आयोजना अघि बढाउन विद्युत विकास विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभागबाट अनुमति पाउने लगतै आयोजना निर्माणको काम सुरु गर्नेछ । 

आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका विषयमा सरोकारवालासँग राय/सुझाव माग गरेको छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र सुझाव दिन पनि माग गरेको छ । 

नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाको जडित क्षमता ४.९५ मेगावाट हुनेछ । यस आयोजनाको डिजाइन बहाव ०.८४ घनमिटर प्रति सेकेन्ड र कुल हेड ७०२.०० मिटर रहनेछ । आयोजनाबाट वार्षिक सरदर २९.८३० गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । 

आयोजनाको प्रमुख संरचनाहरू र विद्युतगृह मिवाजे खोलाको बायाँ किनारमा पर्दछन् । विद्युत गृहमा जडित २ वटा २५०० किलोवाट क्षमताको पेल्टन टर्वाइनहरूमा पानी खसाली सो टवाईनसँग जोडिएका २ वटा ३ फेज जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ । 

विद्युत उत्पादनपछि ४५०० मिटर लम्बाई भएको टेलरेसद्वारा पुनः मिवाजे खोलामा पानी छोडिनेछ । उतपादित ऊर्जालाई  ३३ केभी सिंगल सर्कट प्रसारण लाइन मार्फत ३.५ किलोमिटर लामो माथिल्लो सेती खोला जलविद्युत आयोजनाको स्वीच्यार्डमा जडान हुनेछ । 

आयोजनाको काम ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit