images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न कार्यालयमा कार्यरत दैनिक ज्यालादारी कर्मचारीलाई तोकिएको सुविधा उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ । प्राधिकरणले २०७५ भदौ १७ गते ज्यालादारी कर्मचारीको हकमा भएको निर्णय कार्यान्वयन नभएको गुनासो आएपछि तत्कालै कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

कोरोना (कोभिड–१९) महामारीको समयमा पनि ज्यालादारी कर्मचारी नियमित काममा खटिएको भन्दै प्राधिकरणले सबै निर्देशनालय, कार्याकारी निर्देशकको सचिवालय, आन्तरिक लेखा परीक्षण विभाग एवं इनर्जी इफिसियन्सी तथा चुहावट नियन्त्रण विभागलाई निर्णय कार्यान्वयन गर्न भनेको छ । 

ज्यालादारी कर्मचारीको पटक– पटकको आन्दोलनपछि २०७५ भदौ १७ गते उनीहरूको हकमा ५ निर्णय गरेको थियो । प्राधिकरण व्यवस्थापनले निर्णय भएको भोलि पल्ट १८ गतेबाटै निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो । तर, लामो समय वितिसक्दा पनि निर्णय कार्यान्वयन नभएपछि ज्यालादारी कर्मचारीले त्यसको विरोध जनाउँदै आएका थिए ।

भदौ १७ को निर्णय अनुसार ज्यालादारी कर्मचारीलाई काम गरेको हरेक दिन नियमानुसार तोकिएको ज्याला दिनुपर्ने व्यवस्था छ । कामको पकृतिअनुसार विभिन्न सिफ्टमा काममा लगाएमा सिफ्ट भत्ता दिनुपर्ने तथा अतिरिक्त समय काममा लगाएमा ‘ओभर टाइम’ भत्ता दिनु पर्ने व्यवस्था पनि गरिएको छ ।

कामको शिलशिलामा अन्य कार्यालयमा पठाउँदा तोकिए अनुसारको भ्रमण खर्च दिने र कार्य क्षेत्रमा दुर्घटनामा परेमा उपचार खर्च दिने उल्लेख छ । कोरोना महामारीका बेला थपिएका वीमा तथा अतिरिक्त भत्ताको सुविधामा पनि ज्यालादारी कर्मचारीलाई समेट्ने भनिएको थियो । प्राधिकरणमा तल्लो तहमा कार्यरत धेरै कर्मचारी ज्यालादारी छन् ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit