विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साहस ऊर्जा कम्पनीले १ करोड ५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलु खाेला (दूधकोसी) जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्ने १ अर्ब ५ करोड मूल्यको साधारण सेयरमध्ये ३५ करोड रुपैयाँ (३५ लाख कित्ता) सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको कम्पनीका अध्यक्ष हिम पाठकले बताए । उनका अनुसार सामूहिक लगानी कोष, कम्पनीमा कार्यरत कर्मचारी र सर्वसाधारण सबैका लागि ७० करोड रुपैयाँ मूल्यको ७० लाख कित्ता सेयर छुट्याइएको छ ।

साधारण सेयर निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको पनि उनले बताए । बोर्डको अनुमतिपछि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरिनेछ ।

कम्पनीले सेयर निष्कासनका लागि एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।  कम्पनीले इकरा नेपालबाट ‘बि बि प्लस’ रेटिङ पाएको छ । कम्पनीकाे सेयर प्रत्याभूितकर्ता नागरिक लगानी काेष रहेकाे छ ।

कम्पनीले निर्माण गरिरहेको आयोजनाको ५७ प्रतिशत बढी पूरा भइसकेको छ । आयोजना सम्पन्न हुँदा ११ अर्ब ८६ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

आयोजनामा नेपाल इनभेष्टमेन्ट बैंकको अगुवाईमा ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरका छन् । साढे ३ अर्ब रुपैयाँ स्वपुँजी लगानी छ । जसमा २ अर्ब ४५ करोड रुपैयाँ संस्थापक सेयर लगानी छ भने १ अर्ब ५ करोड रुपैयाँ साधारण सेयर निष्कासनबाट जुटाइने कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit