images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आगामी पुस २८ र २९ गते जलविद्युत क्षेत्रसँग सम्बन्धित विभिन्न १० कम्पनीको वार्षिक साधारणसभा हुने भएको छ । २८ गते ५ तथा २९ गते ५ कम्पनीले वार्षिक साधारणसभा गर्न लागेका हुन् । 

२८ गते नेपाल विद्युत प्राधिकरणको सहायक एनइए इन्जिनियरिङ कम्पनीको चौंथो वार्षिक साधारणसभा हुँदैछ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समिति बैठकले यो मितिमा साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभामा कम्पनीका अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदन सहितको वासलात नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरेर पारित गरिने कम्पनीले जनाएको छ । साधारणसभा कार्यक्रम रत्नपार्कस्थित प्राधिकरणको कार्यलयमा हुनेछ ।

यही दिन त्रिशूली जलविद्युत कम्पनी, उत्तरगंगा पावर कम्पनी, सिइडिबी हाइड्रो डेभलपमेन्ट कम्पनी र ङादी ग्रुप कम्पनीको पनि वार्षिक साधारणसभा हुँदैछ । त्रिशूली र उत्तरगंगाको साधारणसभा विद्युत प्राधिकरणको सभाहलमा तथा सिइडिबीको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा र ङादी ग्रुपको हनुमानस्थनस्थित कार्यालयमा हुने भएको छ ।

यस्तै, २९ गते राष्ट्रिय प्रसारण ग्रिड, नलगाड हाइड्रो पावर, हिमालयन पावर पार्टनर, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक र तामाकोसी जलविद्युत कम्पनीको वार्षिक साधारणसभा हुँदैछ । राष्ट्रिय प्रसारण ग्रिडको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सभाहलमा, नलगाडको कार्यालयको सभाहलमा, त्रिशुलीको विद्युत प्राधिकरणको सभाहलमा हुने तय भएको छ । हिमालयन पावर पार्टनर र अप्पर सोलुले पनि आ–आफ्नो कार्यालयमा साधारणसभाको आयोजना गर्दैछन् । 

यो दिन हुने साधारणसभामा कम्पनीको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित गत आवको वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणबारे छलफल गरेर पारित गर्ने कार्यसूची छ । साथै, आव २०७७/७८ का लागि लेखा परीक्षण नियुक्त गरी पारिश्रमिक अनुमोदन समेत गरिने भएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit