images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पश्चिम नवलपरासीस्थित गण्डक जलविद्युत् केन्द्रको एउटा टर्वाइन विगत डेढ दशकदेखि मर्मत हुन सकेको छैन । बजेट अभावमा १५ वर्षअघि बिग्रिएको देशकै पुरानो जलविद्युत् केन्द्रको टर्वाइनको मर्मत हुन नसकेको हो ।

प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रको विद्युत्‌गृहमा जडान भएका उपकरण मर्मत हुन नसक्दा पुरानो हुनुका साथै जीर्ण बन्दै गएका छन् । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको जलविद्युत् केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युत् केन्द्र मर्मत र पूर्वाधार विकासमा बजेट अभाव देखिएको प्रमुख पीताम्बर भुसालले बताए ।

उनका अनुसार १५ मेगावाट जडित क्षमता भएको यो जलविद्युत् केन्द्रबाट अहिले ४ देखि ५ मेगावाटसम्म मात्रै विद्युत् उत्पादन भइरहेको छ । विद्युत्‌गृहमा ३ वटा टर्वाइन भएको केन्द्रमा २ वटा टर्वाइनले मात्र कम क्षमतामा विद्युत् उत्पादन गरिरहेका छन् । बजेट अभावले गर्दा टर्वाइनको मर्मत नभएको उनले बताए ।

जलविद्युत् केन्द्रका अन्य उपकरण पनि पुरानो भएका छन् । ‘केही समय पहिला एउटा टर्वाइनले मात्र विद्युत् उत्पादन गर्ने अवस्था थियो । केही समयपछि बनाएर अहिले दुई टर्वाइनले विद्युत् उत्पादन गरिरहेको छ’, उनले भने, ‘विद्युत् उत्पादनका लागि उक्त जलविद्युत् केन्द्रमा पानीको मात्रा पनि पर्याप्त छैन ।’

दुई देशको दुईपक्षीय सम्झौताअनुसार पानीको मात्र घटाउने–बढाउने भारतीय पक्षको जिम्मामा रहेकाले हामीले पर्याप्तमात्रामा पानी नपाएको उनले गुनासो गरे । जलविद्युत् केन्द्रका विभिन्न उपकरण मर्मत तथा भौतिक अवस्था सुधार गर्नका लागि स्रोतको खोजी भइरहेको प्रमुख भुसालको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय र सम्बन्धित निकायको ध्यान नजाँदा अहिले यो जलविद्युत् केन्द्र जीर्ण बनेको छ । धेरै पुरानो प्रविधिका कारण क्षमतामा ह्रास आएको भुसालले बताए । ‘पुरानो उपकरणकै कारणले पनि भारतको विहार वाल्मीकि नगरबाट लिने विद्युत्‌लाई पनि पूर्ण क्षमतामा लिन नसक्ने अवस्था छ’, उनले भने ।

यहाँको उपकरण र विद्युत् भोल्टेजले पुराना उपकरणलाई जलाउनसक्ने भुसालको भनाइ छ । जलविद्युत् केन्द्रका क्यानलमा सिल्ट (बालुवा) भरिएर पनि विद्युत् उत्पादनमा समस्या भएको उनले बताए ।

‘गण्डक व्यारेज त्रिवेणीमा सिल्ट (बालुवा) थिग्राउने उपकरण भए पनि काम लाग्ने अवस्थमा छैन’, भुसालले भने । अहिले गण्डक जलविद्युत् केन्द्रमा रहेका उपकरण परिवर्तन गरी सुधार गर्नुपर्ने आवश्कता रहेको उनले बताए ।

प्राधिरणले यो जलविद्युत् केन्द्रको पुनस्थापना तथा आधुनिकरण गर्ने भने पनि अहिलेसम्म काम भएको छैन । प्राधिकरणले विद्युत्‌गृहका टर्वाइन, ब्रेकर, गभर्नर जस्ता इलेक्ट्रोमेकानिकल उपकरणहरू पुराना र जीर्ण बनेर चल्न नसक्ने अवस्थामा पुगेपछि प्राधिकरणले पुरानो प्रविधिका उपकरणहरूको स्थानमा नयाँ जडान गरी केन्द्रलाई पुर्नस्थापना गरी आधुनिकरण गर्ने भनेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit