• प्राधिकरण : ९८०४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : १३२५० मे.वा.घन्टा
  • आयात : २८७ मे.वा.घन्टा
  • निर्यात : ७१२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ३०१२७ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १५१८ मे.वा.
×

अरुण-३ ले ७० जना कर्मचारी माग्याे, माघ २ गतेभित्र आवेदन दिनुपर्ने

२०७७ पुस १२

काठमाडौं । एसजेविएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनीमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले निर्माणाधीन ९ सय मेगावाटको अरुण–३ जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले रिक्त स्थानमा कर्मचारी पदपूर्ति गर्न आवेदन खुलाएको हो ।

रिक्त ७० कर्मचारीको पदपूर्ति गर्न योग्य व्यक्तिबाट आवेदन मागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सिभिल, इलेक्ट्रिक तथा आइटी इन्जिनियर पदका लागि आवेदन मागिएको छ । इन्जिनियर, मानव संसाधन व्यवस्थापन र फाइनास्सतर्फ गरी २० कर्मचारी नियुक्त गर्न  आवेदन मागिएकाे छ । 

यस्तै, विभिन्न पदका लागि ५० जना प्रशिक्षार्थी कर्मचारी राखिने भएको छ । सिभिल, इलेक्ट्रिकल, मेकानिकल तथा आइटी इन्जिनियरिङ र भुगर्वसास्त्रमा स्नातक गरेकाहरूलाई प्रशिक्षर्थी राखिने भएको छ । ओभरसियर, सब–ओभरसियर, मानव संसाधन व्यवस्थापन र फाइनान्सका लागि पनि प्रशिक्षार्थी कर्मचारी नियुक्त गरिने कम्पनीले जनाएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी माघ २ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । कम्पनीले भारतीय लगानीमा संखुवासभाको अरुण नदीमा अरुण-३ आयोजना निर्माण गरिरहेको छ । 

विज्ञापनकाे थप जानकारीका लागि यसमा क्लिक गर्नुहाेस्

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit