images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । झन्डै तीन दशकदेखि ट्रान्सफर्मर उत्पादन, ढुवानी र अन्तर्राष्ट्रियस्तरमा व्यापारसमेत गर्दै आएको ‘नेपाल एकरता इन्जिनियरिङ कम्पनी (निक)’ ले तीन वर्षपछि भुटानका लागि ट्रान्सफर्मर उत्पादन तथा निर्यातको जिम्मेवारी पाएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९) महामारीका कारण विगत ३ वर्षयता रोकिएको निर्यात पुनः सुचारु भएको हो । कोभिडकै कारण भुटानले विद्युतीकरणका क्षेत्रमा गर्नुपर्ने काममा समेत सुस्तता आएपछि त्यहाँ ट्रान्सफर्मरको खासै माग आएको थिएन । भुटानले दशकौंदेखि अधिकांश निकको उत्पादन नै खरिद गर्दै आएको कम्पनीका प्रबन्ध निर्देशक कुशकुमार जोशीले बताए ।

निक र भुटानको ‘भुटान पावर कर्पोरेशन (बिपिसी)’ बीच ट्रान्सफर्मर निर्यात गर्ने विषयमा गत मंसिर २ गते (नोभेम्बर १८) ठेक्का सम्झौता भएको कम्पनीले जानकारी दिएको छ । सम्झौता अनुसार १५ केभिएदेखि १२५० केभिए क्षमतासम्मका १२० ट्रान्सफर्मर निर्यात गर्न करिब साढे १४ करोड रुपैयाँ (११ लाख अमेरिकी डलर) मा ठेक्का भएको छ ।

सम्झौतामा सन् २०२३ मार्च (१५ महिनाभित्र) निर्यात गर्नुपर्ने सर्त रहेकोले उक्त अवधिभित्र निर्धारित कोटाका ट्रान्सफर्मर निर्यात गर्न सकिने प्रबन्ध निर्देशक जोशीले बताए । ‘बिपिसीले गत वर्ष पनि ट्रान्सफर्मर खरिदका लागि ठेक्का आह्वान गरेको थियो, त्यसमा भारतलगायत विभिन्न देशका कम्पनीसँगै हामी पनि प्रतिस्पर्धामा थियौं तर त्यतिबेला आन्तरिक कारण देखाएर ठेक्का रद्द गरिएछ,’ उनले ऊर्जा खबरसँग भने, ‘यो वर्ष पुनः त्यही प्रकारको ठेक्का आह्वान गरेकोमा हाम्रो प्रस्ताव स्वीकृत भयो ।’

निकले यसअघि भुटानसहित बंगलादेशमा पनि यहाँ उत्पादित ट्रान्सफर्मर निर्यात गर्दै आएको थियो । केही अत्यावश्यक कच्चा पदार्थ विदेशबाट आयात गरी आफ्नो हेटौंडास्थित फ्याक्ट्रीमा उत्पादन गरेर स्वदेश तथा विदेशमा व्यापार व्यवसाय गर्दै आएको निकले ट्रान्सफर्मरमा देशलाई आत्मनिर्भर बनाउन सकिने गरी काम गरिरहेको पनि जनाएको छ ।

निकले स्वदेशभित्र पनि व्यापकरूपमा आफ्नो व्यवसाय विस्तार गरिरहेको छ । गत वर्षमात्र उसले प्राधिकरणलाई करिब ३००० हजार वितरण ट्रान्सफर्मर बिक्री गर्न ठेक्का पाएको छ; जसमध्ये अधिकांश ढुवानी भइसकेको कम्पनीले जनाएको छ । वार्षिक १० हजार थान ट्रान्सफर्मर उत्पादन क्षमता रहेको निकले स्वदेशभित्र ग्रामीण विद्युतीकरण, जलविद्युत आयोजना निर्माण क्षेत्र, सामुदायिक तथा सार्वजनिक संस्थाहरूसम्म ट्रान्सफर्मर व्यवसायको पहुँच पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit