विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनामा १८ अर्ब २५ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । एडिबीले नेपाल विद्युत प्राधिकरणअन्तर्गत सञ्चालन हुने आयोजनामार्फत देशको विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि ऋण लगानी गर्न लागेको हो ।

अर्थमन्त्रालय र एडिबीबीच बुधबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडिबीकोतर्फबाट नेपालस्थित आवासीय कार्यालयका इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरे ।

सम्झौताअनुसार एडिबीले दिने ऋण विद्युत वितरण प्रणालीलाई दिगो र गुणस्तरीय बनाउन विद्युतीय संरचना निर्माणमा खर्च गरिने भएको छ ।  विद्युत प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्यले एडिबीबाट ऋण सहयोग सम्झौतामा हस्ताक्षर गरिएको  मन्त्रालयका सहसचिव नेपालले बताए ।

उनले विद्युत प्राधिकरणमार्फत सञ्चालन हुने आयोजनाअन्तर्गत प्रसारण तथा वितरण प्रणालीको सुधार गरिने बताए । कूल २२ अर्ब ८१ करोड रुपैयाँ लागतमा विद्युतीय ग्रिड आधुनिकीकरण आयोजना सञ्चालन हुन लागेकोमा एडिबीको ऋण बाहेकको रकम सरकार र प्राधिकरणले लगानी गर्ने पनि नेपालले जानकारी दिए ।

सरकार र प्राधिकरणले आयोजनामा ४ अर्ब ५६ करोड रुपैयाँ लगानी गर्नुपर्नेछ । आयोजनामार्फत बढ्दो विद्युत चुहावट नियन्त्रण गरी आपूर्ति व्यवस्थापन सहज बनाउनुका साथै बचत हुने विद्युत छिमेकी देशमा निर्यात गर्न सकिने मन्त्रालयको भनाई छ । चुहावट नियन्त्रण भई बचत हुने ऊर्जा निर्यात गर्न सकेमा देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने मन्त्रालयको दाबी छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit