विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३/११ केभी नवलपरासीस्थित कावासोती सबस्टेसनको स्तरोन्नतिपछि लोड दिएर चार्ज गरेको छ । प्राधिकरणले ओभर लोडेड सबस्टेसनमा पावर ट्रान्सफर्मरको क्षमता विस्तार गरी स्तरोन्नति गरेर चार्ज गरेको हो ।

विद्युतकाे बढ्दाे माग सम्बाेधन गर्न  नयाँ ट्रान्सफर्मर राखेर सबस्टेसनको स्तरोन्नति गरिएको प्राधिकरण पोखरा प्रादेशिक कार्यालय प्रमुख टेकनाथ तिवारीले बताए । उनका अनुसार सबस्टेसनको स्तरोन्नतिपछि जिल्लाको विद्युत वितरण प्रणालीमा सुधार भएको छ । पहिले सबस्टेसन ओभर लोड हुँदा स्थानीय उद्योग सञ्चालनमा समस्या थियो ।

लो भोल्टेज तथा जथाभावी विद्युत लाइन काटिने समस्या थियो । प्राधिकरणको पिटिएसडि आयोजनाअन्तर्गत सबस्टेसनमा २४ एमभिएको ट्रान्सफर्मर राखेपछि समस्या समाधान भएको तिवारीले जानकारी दिए । सबस्टेसन ३ कराेड रूपैयाँ लागतमा स्तराेन्नित गरिएकाे हाे ।

पहिले सबस्टेसनमा ८ एमभिएको ट्रान्सफर्मर थियो । आरके इन्टरनेशनल एण्ड मुडभरी जेभीले सबस्टेसनको स्तरोन्नति गरेको हो । प्राधिकरणले देशभरका ओभर लोडेड सबस्टेसनमा ट्रान्सफर्मर थपी स्तरोन्नति गरेर वितरण प्रणालीको सुधार गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit