विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लामो समयसम्म विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्ने चेतावनी दिएको छ । प्राधिकरण म्याग्दी वितरण केन्द्रले ५ महिनादेखि अटेर गरेर बसेका ग्राहकले विद्युतको बक्यौता एक साताभित्र नबुझाए लाइन काट्ने चेतावनी दिएको हो ।

ग्राहकले नियमितरूपमा विद्युत महसुल भुक्तानी नगरेपछि लाइन काटेर कारबाही गर्ने तयारी भइरहेको वितरण केन्द्र प्रमुख माधव महतले बताए । उनका अनुसार ३ महिनासम्म विद्युत बक्यौता बाँकी रहेका सबै ग्राहकको लाइन काटिने भएको छ ।

३ महिनासम्म पनि महसुल भुक्तानी नगरेका ग्राहकबाट ७५ लाख ३८ हजार रुपैयाँ उठ्न बाँकी रहेको बताए । विगत ५ महिनादेखि महसुल नतिर्ने ४७ ग्राहक छन् । यी ग्राहकबाट मात्रै ३७ लाख ३९ हजार रुपैयाँ उठ्न बाँकी रहेको महतले जानकारी दिए ।

‘विद्युत सेवा लिएर साढे ६ वर्षदेखि विद्युत महसुुल नबुझाउने ग्राहक पनि रहेछन्’ उनले ऊर्जा खबरसँग भने  ‘अहिलेलाई २० हजार रुपैयाँ बढी तिर्न बाँकी रहेका ग्राहकको लाइन काटेर असुल गर्दैछौं । यो बक्यौता उठिसकेपछि दोस्रो चरणमा १० हजार रुपैँया बढी महसुल नतिर्ने ग्राहकलाई कारबाही गर्ने तयारी गरेका छौं ।’

तेस्रो चरणमा ५ हजार भन्दा बढी महसुल बाँकी भएका ग्राहकलाई पनि कारबाही गर्न लाइन काटेर असुल गरिने महतले बताए ।  लामो समयदेखि विद्युत महसुल नबुझाउनेमा घरयासीदेखि संघ संस्थाका ग्राहक रहेको वितरण केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार बाँकी सबैभन्दा बढी जिसी क्रसर उद्योगको ७ लाख ५३ हजार रुपैयाँ विद्युत बक्यौता तिर्न बाँकी छ । बारम्बार ताकेता गर्दा पनि महसुल बुझाउन अटेर गरिरहेको वितरण केन्द्रले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit