विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्थानीयको जनजीवन सहज हुने गरी सडक पूर्वाधार निर्माण गरिदिने सहमतिपछि निर्माणाधीन २२० केभी मर्स्याङ्दी–काठमाडौं डबल सर्किट प्रसारण लाइनको अवरोध हटेको छ । नेपाल विद्युत प्राधिकरणले धादिङको सिद्धलेक गाउँपालिका–७ मा सडक पूर्वाधार निर्माण गरिदिने प्रतिबद्धता जनाएपछि प्रसारण लाइनको अवरोध हटेको हो ।

स्थानीय जनप्रतिनिधिसँगको छलफल तथा परामर्शपछि प्रसारण लाइनको निर्माण सुचारु गर्ने सम्बन्धमा सहमति बनेको आयोजना प्रमुख ताराप्रसाद प्रधानले बताए । ‘उहाँहरूले धेरै माग राख्नु भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘हामीले सडक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनायौं र काम सुचारु गर्ने सहमति बनेको छ ।’

प्रसारण लाइन प्रभावित क्षेत्रका स्थानीयले राखेका बाँकी माग अर्थमन्त्रालयमा पठाइसकेको पनि उनले बताए ।प्रसारण लाइनको अवरोध हटेसँगै अबको २ सातामा काम सुरु गर्ने प्राधिकरणको तयारी छ । काम सुचारु गर्ने सम्बन्धमा ठेकेदार कम्पनीलाई जानकारी गराइसकेको र कामदार तथा कर्मचारीको कोरोना (कोभिड–१९) परीक्षण गरेर काममा परिचालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

सिद्धलेक गाउँपालिकामा प्रसारण लाइनको २ वटा जग तयार गरी टावर ठड्याउन बाँकी छ । करिब ३ किलोमिटर तार तान्न बाँकी छ । अब कुनै अवरोध नहुने हो भने ३ देखि ४ महिनामा प्रसारण लाइनको बाँकी काम सम्पन्न गरी सञ्चालन गर्न सकिने प्रधानले बताए ।

प्रसारण लाइन निर्माणको काम रोकिएपछि स्थानीय अवरोध हटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सह–सचिवको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि दिएको लिखित सुझावका आधारमा प्राधिकरणले सडक पूर्वाधार निर्माण गरिदिने भएपछि अवरोध हटेको हो । स्थानीयका बाँकी ४ वटा माग प्राधिकरणले अर्थमन्त्रालयमा पठाएको छ ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत मर्स्याङ्दी बेसिनका जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न तनहुँको मार्कीचोकदेखि काठमाडौंको मातातीर्थसम्म ८२ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ ।

यो प्रसारण लाइनमा २ सय ३१ वटा टावर बन्ने छन् । जसमध्ये २ सय २९ वटा टावर खडा भइसकेका छन् । २०७३ भदौबाट निर्माण सुरु भएको प्रसारण लाइन स्थानीय अवरोधकै कारण लक्ष्यभन्दा डेढ वर्ष ढिलो  भइसकेको छ ।

२०७६ असोजबाट प्रसारण लाइन सञ्चालन गर्ने तालिका भए पनि विविध कारणले काम प्रभावित हुँदा ढिलो हुन पुगेको प्राधिकरणले जनाएको छ । यो प्रसारण लाइन पूरा भई सञ्चालनमा आएपछि १ हजार मेगावाट विद्युत प्रवाह गर्ने संरचना तयार हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit