विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल नतिरेको भन्दै लाइन काटिएका २३ वटा उद्योगमा नेपाल विद्युत् प्राधिकरणले लाइन जोडेर बिजुली सुचारु गराएको छ । प्राधिकरणले शुक्रबार राती १० बजेबाट १२ बजेसम्ममा काटिएका सबै उद्योगको लाइन जोडिदिएको जनाएको हो । 

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काटिएका सबै उद्योगमा लाइन जोड्न निर्देशन दिएको भए पनि बिहीबार अपरान्ह ३ बजेमात्रै लिखित निर्देशन पाएको प्राधिकरणले जनाएको छ । लिखित निर्देशन पाएपछि शुक्रबार बिहान प्राधिकरण बोर्डको बैठक बसेर लाइन सुचारु गर्ने निर्णय गरेको थियो ।

शुक्रबारसाँझसम्म पनि लाइन नजोडिएपछि उद्योगी व्यवसायीले प्राधिकरणको उक्त कदमको आलोचना गर्न थालेका थिए ।  

महसुल विवादको विषय छानबिन गरी टुंगोमा पुर्याउन सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा न्यायिक छानविन आयोग गठन गरिएको छ । 

ट्रंक र डेडिकेटेड लाइनको सुविधा लिएर विद्युत उपयोग गरेका ६१ वटा उद्योगले २२ अर्ब २४ करोड रुपैयाँ महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। यसअघि प्राधिकरणले बक्यौता नतिरेको भन्दै २४ वटा उद्योगको लाइन काटिएकोमा एक उद्योगले किस्तामा महसुल तिर्न सुरु गरेपछि लाइन सुचारु गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३