विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पाटन–स्यूचाटार ६६ केभी प्रसारण लाइन एक महिनाका लागि बन्द भएको छ । नेपाल विद्युत प्राधिकरणले पाटन–स्यूचाटार खण्डको  लाइनको जिर्ण तथा पुराना कण्डक्टर बदलीका गर्नका लागि सेवा बन्द गरेको हो ।

लाइन पुरानो र जीर्ण हुँदै गएकाले सेवाग्राहीलाई गुणस्तरीय, भरपर्दो सेवा प्रवाहको सुनिश्चितताका लागि विद्युत लाइन पुराना तथा जिर्ण कन्डक्टर बदली गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार शनिबार (२०७८ चैत ५ गते) बिहान ७ बजेदेखि लाइन बन्द गरी पुरानो र जिर्ण कन्डक्टर बदलीको काम सुरु भएकाे छ । लाइनको मर्मत तथा स्तरोन्नति गर्न २०७९ बैशाख ४ गतेसम्म लाग्नेछ । प्रसारण लाइनको मर्मत तथा स्तरोन्नति  गर्ने अवधिभर दैनिक १२ घन्टा प्रसारण लाइन बन्द हुनेछ ।

लाइन बन्द हुँदा विद्युत प्रवाह अनियमीत हुँदा यसको असर विद्यमान पाटन र टेकू ६६ केभी सबस्टेसनमा पर्नेछ । कन्डक्टर बदलीको कार्य गर्दा विद्यमान पाटन र टेकु सबस्टेसनबाट निकालिएको ११ केभी फिडरहरुबाट विद्युत आपूर्ति कटौति हुनसक्ने प्राधिकरणले जनाएको छ । 

कन्डक्टर बदलीको काम सम्पन्न गरी आगामी बैशाख ४ गते लाइन सञ्चालन गरिनेछ । तोकिएको समयअगावै बदलीको काम सकिए निर्धारित तालिकाअगावै सेवा सूचारु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit