विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारको पछिल्लो आँकडा अनुसार पछिल्लो समय वार्षिक प्रतिव्यक्ति विद्युत खपत ३२५ किलोवाट घन्टा (युनिट) पुगेको छ । अर्थ मन्त्रालयले गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षामा विद्युत खपत बढेको देखाइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७५ बैशाख २५ गते जारी गरेको यस क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र (श्वेतपत्र) मा ५ वर्षभित्र प्रतिव्यक्ति ७०० युनिट र १० वर्षभित्र १५०० युनिट पुर्याउने प्रक्षेपण गरिएको छ । ७०० युनिट पुर्याउने अवधि करिब ४ वर्ष (३ वर्ष ९ महिना) गुज्रिसकेको छ ।

श्वेतपत्रअनुसार १० वर्षमा ५००० हजार मेगावाट निर्यात गर्ने गरी विद्युत उत्पादन १५००० हजार मेगावाट पुर्याउने लक्ष्य छ । सरकारको अहिलेसम्मका गतिविधिका आधारमा लक्षित समयभित्र तोकिएको परिमाणमा विद्युत उत्पादन र सोही अनुसार प्रतिव्यक्ति खपतको दायरा बढ्ने सम्भावना कम देखिन्छ ।

अबको ३ वर्ष र केही बढी समयभित्र विद्युत खपतको दर प्रतिव्यक्ति ७०० युनिट पुर्याउन मुश्किल पर्ने देखिन्छ । यद्यपि, सरकारले हस्तक्षेपकारी भूमिका खेले, औद्योगिक तथा व्यावसायिक क्षेत्रमा व्यापक प्रसारण तथा वितरण लाइन पुर्याउन सके र घरेलु खपतमा पनि सोही अनुसार रणनीति अंगालेमा असम्भव भने देखिँदैन ।

बजेटको अर्धवार्षिक समीक्षामा विद्युत उत्पादन जडित क्षमता २१३२ मेगावाट पुगेको देखाइएको छ । यस्तै, सोही अवधिमा देशभर १३२ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको छ ।  अरू विद्युत क्षेत्रको प्रगतिमा माथिल्लो तामाकोसीको ४५६ मेगावाट प्रणालीमा जोडिएको, बूढीगण्डकी जलाशय आयोजनाको मुआब्जा वितरण करिब ८४ प्रतिशत सम्पन्न भएको उल्लेख छ ।

यसगरी, जलस्रोत तथा सिँचाइतर्फको प्रगति समीक्षामा सतहतर्फ ११० हेक्टर र भूमिगततर्फ २८९५ हेक्टरमा सिँचाइ पुगेको छ । उता १७.३ किलोमिटर तटबन्ध निर्माण सम्पन्न भएको थप ५३ हेक्टर जमिन उकास भएको समीक्षामा उल्लेख छ ।

भेरी–बबई डाइभर्सन आयोजना अन्तर्गत हाइड्रो मेकानिकल निर्माणको ठेक्का सम्झौता भएको र सिक्टा सिँचाइमा राप्ती नदीमा पुलसहितको ३१७ मिटर लामो ब्यारेज निर्माण पूरा भएको छ । यता, बबई सिँचाइको ३ किलोमिटर मुल नहर निर्माण पूरा भई २५ किलोमिटर शाखा र उपशाखा नहर निर्माणको ठेक्का सम्झौता पनि भएको छ ।

बजेटको अर्धवार्षिक समीक्षा अनुसार महाकाली सिँचाइको ऐलानी जग्गा अधिग्रहण सम्पन्न भएको, कर्णाली नदी कटान रोकथामका लागि ४ ठाउँमा आपतकालीन नदी नियन्त्रण लगायत काम पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit