विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रसुवा जिल्लाको चिलिमे गाविसमा निर्माणाधीन ७८ मेगावाटको सान्जेन खोला जलविद्युत् आयोजनामा खटाउन ५५ प्राविधिकको माग गरिएकाे छ । कम्पनीले मेजरमेन्ट इन्जिनियर, म्याट्रियल म्यानेजर, डिजाइन इन्जिनियर, हाइड्रो मेकानिकल इन्जिनियर, मेजरमेन्ट म्यानेजर, साइट म्यानेजर, टनेलका लागि साइट म्यानेजर लगायतका प्राविधिक माग गरेकाे हाे ।

कम्पनीले सम्बन्धीत क्षेत्रमा कम्तीमा ३ देखि ६ वर्षसम्मको कार्यनुभव भएको प्राविधिक माग गरेकाे छ । याे आयोजना सालासुंगी पावर प्रालिले  अघि बढाएकाे छ । इआईएअनुसार आयोजना बनाउन १३ अर्ब १९ करोड ८ लाख ६० हजार रुपैयाँ लागत लाग्ने देखिएको छ । आयोजना निर्माण गर्नका लागि नेपाल सरकारबाट प्राप्त भोगधिकारको जमिन १५.७० हेक्टर स्थायी तथा १२.१५ हेक्टर अस्थायी रहेकोमा अब १४.०२ हेक्टर स्थायी र १०.२३ हेक्टर जग्गा अस्थायी रूपमा आवश्यक पर्नेछ ।

इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशित भएको ७ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ । आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ ।

थप जानकारी ः

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit