विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंकले ४ वटा नयाँ शाखा थप गरेको छ । बैंकले काठमाडौं उपत्यकाको जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखा थप गरी आइतबार (आज) उद्घाटन गरेको हो ।

बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रुपमा जरंखु शाखा, बैंक संचालक मलय मुखर्जी र काठमाडौं महानगरपालिका वडा नम्बर १० शंखमूलका कार्यवाहक वडा अध्यक्ष रोहिनी श्रेष्ठले संयुक्त रुपमा शंखमूल शाखा, बैंक संचालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रुपमा ठैब शाखाको उद्घाटन गरेका हुन् । 

यस्तै, बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्त रुपमा गोंगबु जालपा शाखाको उद्घान गरेका हुन् । उद्घाटन कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु, बैंकका वरिष्ठ पदाधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकैसाथ चार नयाँ शाखा उद्घाटन गरिएको बैंकले जनाएको छ । 

विगत ३७ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकको नयाँ शाखाहरूले ग्राहकहरुलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्नेछ । मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ती देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ ।

आइतवार उद्घाटन भएका ४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४१ पुगेको छ । बैंकले १८७ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दैै आईरहेको छ । नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकहरुलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध छ । 

देशकै अग्रणी तथा आम लगानीकर्तालाई उच्च प्रतिफल दिन सफल बैंक नबिलले उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैकिङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिवद्धता गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit