विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक आपसमा मर्जरमा जाने सम्बन्धि सम्झौता भएको छ । दुवै बैंकले संयुक्त मर्जर/एक्विजिसन सम्बन्धी समिति गठन गरी बिहीबार (२९ गते) सम्झौता सम्पन्न गरेका हुन् ।

मर्जर सम्बन्धी प्रकृया अगाडि बढाउनका लागि सम्झौतापत्रमा नबिलको तर्फबाट उदय कृष्ण उपाध्यायले र नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरे ।

मर्जर सम्बन्धी प्रकृया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट सञ्चालक उदय कृष्ण उपाध्यायको संयोजकत्वमा सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक र सञ्चालक अनन्त पौड्याल सदस्य तथा नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्र बहादुर थापा, सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहेको संयुक्त मर्जर एक्विजिसन कमिटी बनेको थियो । सोही समितिले तयार पारेको प्रस्तावअनुसार सम्झौता भएको हो ।

सम्झौता अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता सेयर बराबर नबिलको ४३ कित्ता सेयर हुने गरी सेयर आदानप्रदान अनुपात भएको बैंकले जनाएका छन् ।  उक्त प्रारम्भिक सेयर आदानप्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कनलाइ समेत आधार मानी अन्तिम रुपमा तय हुनेछ ।

 दुवै बैकले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको निती र बैकहरुको दिर्घकालीन रणनैतिक योजनालाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेका छन । ब्राण्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति पश्चात बाणिज्य बैंकहरुमा सबै सुचकांकमा अग्रणी हुने विश्वास छ । बैकहरुले प्राप्ति कार्य पाँच महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन । 

नबिल बैंकले नेपाल बङ्गलादेश बैकलाई प्राप्ति पश्चात बैकको प्राथमिक पुँजी ४३ अर्ब रुपैयाँ,  चुक्ता पुँजी. २२.५ अर्ब, कर्जा रकम ३०० अर्ब, निक्षेप रकम  ३१४ अर्ब रुपैयाँ हुनेछ । गैरकोषमा आधारित व्यवसायको आकार १३० अर्ब रुपैयाँ माथी हुनेछ । शाखा संजाल तत्कालै २३५ पुग्नेछन । ग्राहक संख्या १६ लाख बढी हुनेछ ।

नबिल बैंकले दिगो बैकिङ्गलाई समेत केन्द्र विन्दुमा राखेर आफ्नो व्यावसाय लाई अघी बढाएको छ भने डिजीटल बैकिङ लाई समेत ग्राहकको आवश्यकता अनुरूप अघी बढाउदै लगेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit