विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपिसी) को कार्यकारी निर्देशकका लागि संस्थाभित्र र बाहिर गरी २१ जना व्यक्तिहरू प्रतिस्पर्धामा उत्रिएका छन् । आवेदन दिने अन्तिम दिन आइतबार (फागुन २८ गते) साँझ कार्यालय समयसम्म आवेदकहरूले उक्त पदमा आकांक्षा देखाउँदै आफ्नो प्रस्ताव दर्ता गराएका हुन् ।

वैकल्पिक ऊर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ बमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत फागुन १४ गते १५ दिनको समयावधि तोकेर कार्यकारी निर्देशकका लागि आवेदन मागेको थियो । आइतबार साँझसम्म आवेदन दिने आवेदकहरूमध्ये संस्थाभित्रैका ६ जना मन्त्रालयका एक र बाँकी निजी तथा प्राज्ञिक क्षेत्रका रहेको मन्त्रालयले जानकारी दिएको छ ।

संस्थाभित्रका अनुहारहरूमा हाल कामु कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका नवराज ढकाल, निर्देशक द्वय डा. नारायणप्रसाद अधिकारी, डा. सूर्यप्रसाद सापकोटा, सहायक निर्देशक द्वय डा. लक्ष्मणप्रसाद घिमिरे र डा. रणबहादुर थापा तथा लोकराज पाठक रहेका छन् ।

जल तथा ऊर्जा आयोगको सचिवालयकी सिडिई डा. किरण गौतमले पनि केन्द्रको कार्यकारी निर्देशकका लागि आवेदन दिएकी छन् । सम्भवतः संस्थाको इतिहासमा महिला आवेदन परेको यो पहिलो पटक हो । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट नवीकरणीय ऊर्जामा स्नातकोत्तर गरेकी गौतमले ऊर्जा योजना (माग र आपूर्ति) मा विद्यावारिधी गरेकी छन् । यस क्षेत्रमा १४ वर्षभन्दा बढीको अनुभव हासिल गरेकी उनी एक दशकभन्दा बढी समयदेखि वेक्सको जिम्मेवारीमा छन् ।

यसैगरी, केन्द्रभन्दा बाहिर निजी तथा प्राज्ञिक क्षेत्रबाट कुशल गुरुङ, डा. लक्ष्मण पौडेल लगायत रहेको मन्त्रालयले जानकारी दिएको छ । कार्यकारी निर्देशकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा ऊर्जा सम्बन्धी विषयमा स्नातकोत्तर उपाधि सहित वैकल्पिक ऊर्जाको क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने तोकिएको छ । साथै, नेपालमा वैकल्पिक ऊर्जाको वर्तमान अवस्था, चुनौती एवम् रणनीति लगायत विषयमा आफ्नो ४ वर्षे व्यावसायिक योजनासमेत पेश गर्नुपर्ने मन्त्रालयले उल्लेख छ ।

गत माघ २२ गते तत्कालीन कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीको ४ वर्षे कार्यकाल पूरा भएपछि नयाँ नेतृत्वका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएको थियो । आकांक्षीहरू जति भए पनि वरिष्ठता र अनुभवका हिसाबले पहिलो नम्बरमा कामु कार्यकारी निर्देशक ढकालले नै पूर्ण जिम्मेवारी पाउने सम्भावना देखिन्छ ।

राजनीतिक पहुँच, यस क्षेत्रमा कार्यरत संघ संस्थाहरूको लबिङ र आकांक्षीहरू लाभहानीमा केन्द्रित भएर प्रतिस्पर्धामा उत्रिए भने नेतृत्वमा जोसुकै आउने सम्भावना रहन्छ । अहिले मन्त्रालयमा मन्त्री नरहेको र त्यो जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालले नै सम्हालेको हुँदा साम, दाम र दण्डको अस्त्र प्रधानमन्त्रीसम्म पुग्यो भने यहाँ जासुकैले बाजी मार्न सक्छन् ।

यद्यपि, मन्त्रालयमा मन्त्री नरहेको र मूल्यांकन समितिका संयोजक अर्थात् राष्ट्रिय योजना आयोगका ऊर्जा हेर्ने सदस्य सुशील ज्ञवालीले राजीनामा गरिसकेको हुँदा यो प्रक्रिया नै रद्द हुने सम्भावना पनि छ । तर, यसबारे केन्द्रको सञ्चालक समितिको बैठक बसेर रिक्त संयोजक पदपूर्तिको सिफारिस हुने र थप काम कारबाही अगाडि बढाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले बताए ।

वैकल्पिक ऊर्जा विकास समिति अनुसार कार्यकारी निर्देशकको नियुक्तिका लागि सिफारिस गर्न योजना आयोगका ऊर्जा हेर्ने सदस्य संयोजक, मन्त्रालयका सचिव र वैकल्पिक ऊर्जाका क्षेत्रमा काम गरेका विशेषज्ञहरूमध्येबाट समितिले तोकेको एक जना सदस्य रहने व्यवस्था छ । हाल आयोगका सदस्यबाहेक सिफारिस समितिमा मन्त्रालयका सचिव र विशेषज्ञको रूपमा पूर्वसचिव केदारबहादुर अधिकारी छन् ।

देशमा दैनिकजसो राजनीतिक घटनाक्रम बदलिइरहने र मन्त्रालयको नेतृत्वमा को आउने भन्ने विाषयले धेरै कुराको निर्णय तय हुने देखिन्छ । मूल्यांकन समितिको संयोजकमा को आउने वा तोकिने हुन् ? यसले पनि कार्यकारी निर्देशक कति चाँडो वा ढिलो नियुक्त हुन्छन् भन्ने विषय निर्धारण हुनेछ ।

नेतृत्व छनोट प्रक्रियाले कति समय लिने लगायत पक्ष अझैसम्म अन्योल नै देखिएको छ । यद्यपि, हाल कामु जिम्मेवारीमा रहेका ढकाल नै नेतृत्वमा आउने सम्भावनालाई नकार्न सकिँदैन । वैकल्पिक ऊर्जाको क्षेत्रमा कार्यरत विभिन्न व्यक्ति तथा संघ संस्थाले भने कार्यकारी निर्देशक संस्थाभन्दा बाहिरबाट आउनुपर्ने धारणा राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit