images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना (माथिल्लो सेती) को निमित्त आयोजना प्रमुखमा श्यामजी भण्डारी नियुक्त भएका छन् । आयोजना प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले उनलाई २४ फागुनदेखि लागु हुने गरी उक्त पदमा नियुक्त गरेको हो ।

प्राधिकरणकाे सहायक साेही कम्पनीले अघि बढाएको १२६ मेगावाटको तल्लो सेती आयोजनाको प्रमुखको जिम्मेवारीमा रहँदै आएका भण्डारीलाई तनहुँ आयोजनाको समेत प्रमुखको जिम्मेवारी तोकिएको हो । 

यसअघि तनहुँ जलविद्युत् आयोजना प्रमुखको जिम्मेवारीमा रहेका राजभाई शिल्पकारलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको सचिवालयमा सरुवा गरिएपछि भण्डारीलाई निमित्त आयोजना प्रमुख नियुक्त गरिएको हो । 

२०६० सालमा ७ तहको सिभिल इन्जिनियर पदबाट प्राधिकरणको सेवा प्रवेश गरेका भण्डारी सुरुदेखि नै तनहुँ जलविद्युत् आयोजनाको अध्ययन तथा डिजाइन निर्माणमा सक्रिय थिए । जर्मनीबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उत्तीर्ण गरेका भण्डारीको विज्ञता खास गरी बाँध (ड्याम) निर्माणसम्बन्धी विषयमा रहेको छ । 

२०७७ सालमा प्राधिकरणको प्रबन्धक (१० तह) मा बढुवा भएका उनी तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेका कुल २६६ मेगावाटका दुई आयोजनाको नेतृत्व गर्ने महत्वपूर्ण जिम्मेवारीमा पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit