विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज औद्योगिक क्षेत्रमा सञ्चालित अम्बे स्टील्स् उद्योगलाई ३५ मेगावाट विद्युत दिने भएको छ । प्राधिकरणले अबको १ महिनाभित्र उद्योगले मागेको जति लोड थप गरेर विद्युत उपलब्ध गराउने तयारी गरेको हो ।

यो उद्योगले अहिले प्राधिकरणबाट ८ मेगावाट विद्युत लिइरहेको छ । उद्योगले अहिले खपत भइरहेकोभन्दा बढी विद्युत माग गरेकाले त्यसको स्वीकृति प्रदान गरी २७ मेगावाटको थप लोड दिन लागेको प्राधिकरणले जनाएको छ ।

उद्योगले क्षमता विस्तारका लागि थप विद्युत माग गरेको थियो । प्राधिकरणले उद्योगसम्म विद्युत पुर्याउनका लागि आवश्यक सम्पूर्ण विद्युतीय संरचनाको निर्माण सम्पन्न गरी मागअनुसारको थप विद्युत लोड दिन लागेको हो । प्राधिकरणले नेपालगञ्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत खपत गर्ने अम्बे स्टील्स्लाई विद्युत आफूर्ति लिने गरी आफूले गर्नु पर्ने  सम्पूर्ण पूर्वतयारीका काम सम्पन्न आग्रह समेत गरेको छ । 

मागअनुसारको विद्युत लोड दिन कोहलपुर सबस्टेसनदेखि उद्योगसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । उद्योगले पनि थप विद्युत आपूर्ति लिनका लागि आफ्नो परिसरमा सबस्टेसन निर्माण र कारखानाको क्षमता विस्तारको काम अन्तिम चरणमा पुर्याएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिबार स्थलगत अवलोकन भ्रमण गरी नेपालगञ्ज तथा कोललपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगहरूलाई मागअनुसारको विद्युत लोड दिन निर्माण गर्नु पर्ने विद्युतीय संरचनाको विषयमा छलफल गरेको छ । ‘विद्युत खपत बढाउन उद्योगहरूलाई मागेजति विद्युत दिइरहेका छौं । औद्योगिक कोरिडोरमा विद्युत खपत बढाउन नयाँ पूर्वाधारको निर्माण र भइरहेका संरचनाको सुदृढीकरण तथा स्तरोन्नति अभियानकै रुपमा अगाडि बढाइएको छ’, घिसिङले भने, ‘थप लोड मागेको अम्बे स्टील्स्ले पनि आफ्ना पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याएको देखिएको छ ।’

उनले उद्योगले आवश्यक तयारी पूरा गर्नासाथ विद्युत आपूर्ति दिन सकिने बताए । उनले अम्बे स्टील्स्को उद्योग रहेको क्षेत्रमा अन्य उद्योग पनि खुल्ने र उक्त क्षेत्र औद्योगिक कोरिडोरकारूपमा विकास हुन लागेकोले १३२ केभीको सबस्टेसन निर्माणको प्रक्रिया पनि अगाडि बढाइसकेको बताए । सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको छ । सबस्टेसन निर्माण गर्न आवश्यक पर्ने लगानीका लागि एसियाली विकास बैंकसँग सहुलितपूर्ण ऋण सम्झौता भइसकेको छ । 

अहिले रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनबाट करिब १० किलोमिटर चार सर्किट १३२ केभी लाइन बनाएर  सबस्टेसनमार्फत आगामी दिनमा उद्योगहरूलाई विद्युत दिने प्राधिकरणको योजना छ । ‘खपत बढाउन र जगेडा हुने विद्युत भारतमा बिक्री गर्न सकेनौं भने बर्खामा दैनिक करिब ५ सय मेगावाट बढी विद्युत खेर फाल्नु पर्ने भयावह अवस्था आउन सक्छ । यही कारण प्राधिकरणले अहिले ठूला उद्योगको खपत बढाउने गरी काम गरिहेको छ’ उनले भने ।

कोहलपुर क्षेत्रका औद्योगिक तथा घरायसी ग्राहकलाई भरपर्दो, गुणस्तरीय र चाहिएजति विद्युत दिन हाल रहेका वितरण प्रणालीको क्षमतालाई दोब्बर बनाउन लाइन र ट्रान्सफर्मर थप गर्ने योजनाअनुरुप काम भइरहेको कोहलपुर वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले बताए । प्राधिकरणले ठूला औद्योगिक हब बन्ने सम्भावना भएका बारा–पर्सा क्षेत्र, भैहरवा, सुनवल, परासीलगायतका क्षेत्रमा उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit