विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बैंक अफ काठमाडौंले २ सौर्य विद्युत आयोजनामा एकल लगानी गर्ने भएको छ । बैंकले अपि पावर कम्पनीले निर्माण गर्न लागेका १–१ मेगावाटका ढल्केबर र सिमरा सौर्य विद्युत आयोजनामा ११ करोड २० लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

दुवै सौर्य विद्युत आयोजनामा ऋण लगानी गर्न बैंकसँग अघिल्लाे साता सम्झौता गरेको कम्पनीका प्रबन्ध निर्देशक सन्जीव न्यौपाने बताए । उनका अनुसार बैंकले दुवै सौर्य विद्युत आयोजनामा कूल लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

‘हामीले अघि बढाएको ४ मेगावाटको आयोजनामा यही बैंकले एकल ऋण लगानी गरेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अब निर्माणमा जाने २ सौर्य विद्युत आयोजनामा पनि प्रतिआयोजना ५ करोड ६० लाख रुपैयाँ ऋण प्रवाह गर्ने गरी बैंकसँग सम्झौता भएको छ।’

दुवै आयोजना सम्पन्न गर्न प्रतिमेगावाट ८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । ऋण बाहेकको ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ । उनले चालू आर्थिक वर्षभित्र दुवै सौर्य विद्युत आयोजनाको निर्माण सुरु गरिने बताए । निर्माण सुरु गरेको ५ देखि ६ महिनामा सौर्य विद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना छ । 

यी आयोजनाको विद्युत ढल्केबर र सिमरा सबस्टेसनमा जोडिने छ । अपि पावर कम्पनीले नै निर्माण गरिरहेको ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना बैशाखमा राष्ट्रिय प्रणालीमा जोडिँदैछ ।

निर्माण सुरु गरेको ६ महिनामा आयोजना सम्पन्न भई विद्युत उत्पादन हुन लागेको हो । १२ बिघा क्षेत्रफलमा ४ सय ५० वाटका ११ हजार १ सय १२ वटा सौर्य प्यानल राखिएको छ । यो आयोजनाको विद्युत ३ किलोमिटर दुरीको चन्द्रनिगाहपुर सबस्टेसनमा जोडिनेछ । आयोजनाले वार्षिक ६९.२५ लाख युनिट विद्युत उत्पादन हुनेछ । 

चन्द्रनिगाहपुरबाट उत्पादन सुरु भएपछि यहाँको सबै जनशक्तिलाई ढल्केबर र सिमरामा खटाइने न्यौपानेले बताए । जलविद्युतमा लगानी गरेर २ आयोजनाको सफल निर्माण गरेको कम्पनीले सौर्य विद्युत आयोजनामा पनि लगानी गरेको हो ।

कम्पनीले दार्चुलामा निर्माण गरेका साढे १६ मेगावाटका २ जलविद्युत आयोजना निर्माण पूरा भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका छन् । दार्चुलामै ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना निर्माणाधीन छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit