विद्युत अपडेट

  • प्राधिकरण : १०१३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२७३१ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १४८९१ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३०६८ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६६५ मे.वा.
२०८० असोज १०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर अफ ट्र्याक अन्तरक्रिया ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंकले पछिल्लो चार वर्षदेखि यो बीमा सुविधा दिँदै आएको र पाँचौं वर्षमा पनि निरन्तरता दिने निर्णय गरेकाे हो ।

यो बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६२ करोड ९४ लाख रुपैंया दाबी भुक्तानी भएको बैंकले जनाएको छ । बैंकका अनुसार हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधिक जीवन बीमा सुविधा योजना अन्तर्गत बीमा गरेका मध्ये ३३८ जनाको दाबी भुक्तानी भएको हो । 

चार वर्ष अगाडि सुरु गरेको घातक रोगमा ३ लाख र आवधिक जीवन बीमाको लागि ७५ हजार गरी ३ लाख ७५ हजार रुपैयाँको बीमा हरेक खातावालाको लागि गर्दै आएकोे छ । 

बैंकले आफ्ना खातावालाको हित तथा घातक रोग लाग्दा आर्थिक भरथेग गर्ने उद्देश्यले यस्तो सुविधा दिँदै आएको हो । यो योजना सुरुवातबाट नै निकै प्रभावकारी र यस योजनाले आफ्ना ग्राहकहरुलाई ठूलो राहत मिलेको भन्दै आगामी दिनहरुमा यसलाई निरन्तरता दिने पनि बैंकले जनाएको छ । 

मेट लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा सुरु गरेको यस योजना अन्तर्गत बैंकले पछिल्लो चार वर्षमा १ अर्ब ६० करोड ७ लाख रुपैयाँ रकम बराबरको प्रिमियम भुक्तान गरेको छ । मुद्दतिबाहेक सबै प्रकारको बचत खातामा घातक रोग तथा अवधिक जीवन बीमा हुने गरेको छ ।

कसरी पाइन्छ यो सुविधा ?

यो सुविधा पाउन बचत खातामा न्यूनतम ३५ हजार रुपैयाँ अनिवार्य हुनुपर्ने र खातावालको उमेर समूह १६ देखि ६० वर्ष हुनुपर्ने छ । यस्तो रकम घातक रोग लागेको चिकित्सकले प्रमाणित गरेको समयमा हुनुपर्छ ।

बैंकले विभिन्न १३ घातक रोगहरू जस्तै किड्नी फेलर, क्यान्सर, हर्ट अट्याक, लिभर फेलर, बोनम्यारो ट्रान्सप्लान्टेसन, हर्ट भल्भ सर्जरी, इन्ड स्टेज लङ डिजिज, कोमा, पल्मोनरी हाइपरटेन्सन, स्ट्रोक, परमानेन्ट हेपाटाइटिस, अप्लास्टिक एनिमिया तथा सिरयस कोनोनरी आर्टरी डिजिजका लागि बीमा सुविधा दिने गरेको छ ।

बैंकका अनुसार प्रिमियम रकमको भार बैंक आफैँले बहन गरिदेने विशेषता भएको यो योजनाले ग्राहकहरुलाई घातक रोगसँग सामना गर्ने र आर्थिक व्यवस्थापनको मानसिक चापलाई कम गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

बैंकले यो योजना अन्तर्गतको सुविधा आफ्नो सम्पूर्ण शाखा कार्यालयबाट प्रदान गर्दै आएको छ । यस योजनाको सफलता र ग्राहकहरूको चाहनाअनुरुप अबको दिनमा पनि यस योजनाका सुविधा र सेवालाई थप प्रभावकारी बनाउने र समय अनुसार परिवर्तन गर्न बैंक प्रतिबद्ध रहनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit