विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिल्क पावर कम्पनीले २४.८८ मेगावाटको लुजा खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले सोलुखुम्बु जिल्लामा पहिचान भएको आयेजना अघि बढाउन लागेको हो ।

आयोजनाको वातावरण अध्ययन प्रतिवेदन तयारी गर्ने काम भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रतिवेदन तयार गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सास्कृतिक प्रणाली र आर्थिक प्रणालीमा के–कस्ता प्रभाव पार्दछ राय सुझाव मागिएको छ ।

स्थानीय नगरपालिका, गाउँपालिका तथा विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्तिले राय सुझाव पठाउनुपर्नेछ । इच्छुकले आगामी सोमबार (जेठ २ गते) सम्म कम्पनीको कार्यालय वा राजबन्धु सर्भिसेज प्रालिमा पठाउनुपर्नेछ ।

आयोजना जिल्लाको खुम्बु पासांग ल्हामु गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिका भएर बग्ने लुजा खोलामा निर्माण हुनेछ । बाध क्षेत्रबाट करिब २.५ किलोमिटर सुरुङामार्गद्धारा खुम्बु पासांग गाउँपालिकाको नक्चुगं गाउँमा निर्माण हुने विद्युतगृहमा पानी खसाली विद्युत उत्पादन सुरु गरिनेछ । उत्पादीत विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit