विद्युत अपडेट

  • प्राधिकरण : ७६३३ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६०१ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२१६२ मे.वा.घन्टा
  • आयात : ११८६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३६८१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८०१ मे.वा.
२०८१ ब‌ैशाख ३०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कालिकोटमा निर्माणाधीन ४८० मेगावाटको फुकोट कर्णाली अर्ध–जलाशयुक्त जलविद्युत आयोजनाको काम दुइ महिनादेखि ठप्प छ । आयोजनाको निर्माण जिम्मा पाएकाे फेवा/आचार्य सयुक्त उपक्रम कम्पनी (जेभी), बागलुङले आयोजनाको क्याम्पकाे काम नगरेपछि निर्माण ठप्प भएकाे हाे ।

निर्माणकाे काम २०७९ बैशाखदेखि नै बन्द भएपछि प्रवर्द्धक कम्पनी विद्युत उत्पादन कम्पनी लिमिटेडले ठेकेदारसँग स्पष्टीकरण मागेकाे छ । क्याम्प निर्माणको काम सम्झौता अनुसार नगरेको र विगत दुइ महिनादेखि त काम नै नभएकाे भन्दै स्पष्टीकरण मागेकाे हो ।

ठेकेदारले सम्झौता अनुसार काम नगरेपछि ठेक्का सम्झौता अनुसार कारबाही प्रक्रिया किन अगाडी नबढाउने सम्बन्धमा आधिकारिक प्रतिनिधिलाई स्वयम् स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । क्याम्प निर्माणको काम २०७९ बैशाख २७ गतेदेखि नै बन्द छ । पटकपटक मौखिक तथा लिखित निर्देशन दिँदा समेत कार्य सुचारु हुन नसकेकोले सम्झौता बमोजिम कारबाही प्रक्रिया अगाडी बढाउन लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीसँग २०७७ साउन ११ गते ठेक्का सम्झौता भएको थियो । पछिल्लो संशोधित तालिका अनुसार २०७९ असार ३० सम्म ठेक्का अवधि छ । तर अहिलेसम्म जम्मा ३७ प्रतिशत मात्रै काम सकिएको छ ।

कम्पनीले पटक पटक मौखिक तथा लिखित निर्देशन दिँदा समेत काम सुरु नगरी.लिखित पत्रको कुनै पनि जवाफ समेत प्राप्त नभएको भन्दै प्रचलित कानुन र ठेक्का सम्झौता बमोजिम सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit