विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिम्बुवा रेमिट हाइड्रो लिमिटेडले ७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले प्रदेश नम्बर १ को ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवर्द्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवालासमक्ष आग्रह गरेको छ ।

सरोकारवालाले राय/सुझाव विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी पठाउन सक्ने विभागले जनाएको छ । आयोजनाको मुख्य संरचना खोलाको बाँया किनारमा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ ।

आयोजनाबा बाँध गाउँपालिकाको यासाङ गाउँ नजिकै प्रस्ताव गरिएको छ । बाँधको साइट इन्टेकबाट ४ हजार ५ सय ९८ मिटर लामो हेडरेस सुरुङ र २ हजा् १ सय ४८ मिटर लामो फलामे पाइपमार्फत पानीलाई भूमिगत विद्युतगृहमा पुर्याइनेछ ।

विद्युतगृहमा ३ वटा टवाईनसँग जोडिएको ३ फेजको ३ वटा जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ । आयोजनाको सबै काम पूरा गरेर सन् २०२७ जुलाई १५ देखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजना पूरा भएपछि ३७८.९६ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । 
उत्पादन भएको विद्युत ३.२ किलोमिटर दुरीमा रहेको घुन्सा खोला जलविद्युत आयोजनाको स्वीचयार्डमा लगेर २२० केभी डबल सर्किट लाइनमार्फत घुन्सा खोला जलविद्युत आयोजनासँगै निर्माण गरिएको ३३ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको ताप्लेजुङ जिल्लामा रहेको ढुङगेसाँघु सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३