विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत नियमन आयोगले दुई जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) दर निर्धारण गर्न सार्वजनिक सुनुवाई गर्ने भएको छ । आयोगले ३०२.२ मेगावाटका सुपर तमोर र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको पिपिए दर निर्धारण गर्न असार १८ गते (सोमबार) सार्वजनिक सुनुवाई गर्ने लागेको हो । 

क्रिष्टल पावर डेभलपमेन्ट प्रालिले ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिका अघि बढाएको १६६ मेगावाटको सुपर तमोर र बुटवल पावर कम्पनी लिमिटेडले मनाङ जिल्लाको नासो गाउँपालिका साविक ताचैवगरछाप, थोचे र धारापानीमा अघि बढाएको १३९.२ मेगावाटको मनाङ मर्स्याङ्दीकाे पिपिए दर निर्धारण गर्न सार्वजनिक सुनुवाई गर्ने तयारी गरेकाे आयोगले जनाएकाे छ ।

आयोगका अनुसार दुवै आयाेजनाकाे पिपिए भएपछि निर्माण सुरु हुनेछ । सुपर तमोरकाे निर्माण सम्पन्न गर्न ३४५९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयाेजना सम्पन्न भएपछि वार्षिक ९८३.१९ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । वर्षायाममा ६७ करोड ९८ लाख ९२ हजार ७ सय ३७ किलोवाट घण्टा र सुख्खायाममा ३० करोड ३२ लाख ९२ हजार ४ सय ५४ किलोवाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएकाे छ ।

मनाङ मर्स्याङ्दीकाे काम सम्पन्न गर्न २७८.४८ मिलियन अमेरिकन डलर लागत अनमान गरिएकाे छ । याे आयोजना कुल ७९०.२७० गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । वर्षायाममा ५५ करोड २६ लाख ६९ हजार ६ सय ९३ किलोवाट र सुख्खायाममा २३ करोड ७६ लाख ६ सय १६ किलोवाट घण्टा विद्युत उत्पादन हुनेछ ।

नेपाल विद्युत प्राधिकरणले आयोग समक्ष यी आयोजनाको पिपिए दर निर्धारणका लागि निवेन पेस गरेको थियो । सोही निवेदन उपर छलफल गरी पिपिए दर निर्धारण गर्न लागिएको हो । उपभोक्ता, उद्यमी, व्यवसायी, स्थानीय बासिन्दा, प्रतिनिधिमुलक संस्थाहरू, सञ्चार माध्यम, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी हुन निगमले आग्रह गरेको छ ।

सरोकारवालाहरुरूले आयोगको कार्यालयमा लिखित रुपमा समेत आफ्ना राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न सक्नेछन् । सार्वजनिक सुनुनवाई असार १८ गते (सोमबार) सानो गौचरणस्थित विद्युत विकास विभागको सभाहलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit