images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडले ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले रुकुम पूर्व जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ७, १४ (साविक जाङ्ग गाविस वडा नम्बर १ र २, राङ्सी गाविस वडा नम्बर ८)  र सिस्ने गाउँपालिका वडा नम्बर २ (साबिक पवाङ गाविस वडा नम्बर २,३,८ र ९) मा उक्त मेगावाटको आयोजना निर्माण गर्न लागको हो । 

विद्युत विकास विभागका अनुसार अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।  अनुमतिपत्र दिनु अघि सानी भेरी जलविद्युत आयोजना निर्माण तथा सञ्चलन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको छ । 

यो आयोजना रन अफ रिभर प्रकारको हुनेछ । यसको डिजाइन बहाव ३६.८ घन मिटर प्रति सेकेन्ड र कुल हेड १४४.७५ मिटर हुनेछ ।
यो आयोजनाबाट वार्षिक सरदर २८३.३७ गिगावाट घन्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ । आयोजनाको मुख्य संरचनाहरु सानीभेरी नदीको बायाँ किनारामा पर्दछन् । आयोजनाको हेडवक्र्स पुथा गाउँपालिकाको वडा नम्बर ७ र १४ मा पर्दछ । 

विद्युत उत्पादनको लागि सानीभेरी नदीको पानी प्रयोग गर्नेछ । उक्त पानीलाई जम्मा गरी ४१३७ मिटर लम्बाइ र ५.४५ मिटर व्यास भएको हेडरेस टनेल मार्फत पानी लगिनेछ ।  सोही पानीलाई स्टील पेनस्टक पाइबाट ३५ मिटर लम्बाइ १८ मिटर चौडाइ र २६ मिटर उचाइको विद्युत गृहमा पुर्याइनेछ। विद्युत उत्पादनपछि ५० मिटर लम्बाइको टेलरेस क्यानल मार्फत सोही सानीभेरी नदीमा पानी छोडिनेछ । 

उत्पादित विद्युतलाई विद्युत गृहको स्वीचयार्डदेखि २० किलोमिटर लामो प्रसारण लाइन मार्फत प्रस्तावित बाँफीकोट सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यो आयोजनाबाट साढे ३ वर्षमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit