images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रुकुम पश्चिम क्षेत्रमा विद्युत सेवा अनियमित हुँदा उपभोक्ता हैरान भएका छन् । बारम्बार आउनेजाने बत्तीका कारण उपभोक्ता, उद्योगी र सरकारी कार्यालयमा सेवा दिन समस्या भएको हो ।

बत्ती आउने जाने समस्याले ठूलो समस्या भएको स्थानीयले बताउँछन् । ‘कति खेर बत्ती जान्छ टुङ्गो हुदैन, आउने जाने बत्तीका कारण हामी आजित भइसकेका छौँ,’ स्थानीयवासी गणेश केसीले भने, ‘कहिले बत्ती आउने जाने हुन्छ त कहिले आउँदै आउदैन ।’

बत्तीका कारण कतिपय काम गर्न निकै गाह्रो हुने गरेको स्थानीय विजुलीका सामान व्यापारीको पनि गुनासो थियो । ‘विद्युतबाट हुने काम कति धेरै छन्, ती काम गर्न निकै गाह्रो छ । ग्राहक काम लिएर आएका हुन्छन् । बत्ती छैन भनेर पठाउनुपर्छ’ उनले भने ।

आउने जाने बिजुलीका कारण सरकारी कार्यालयलाई पनि सेवा दिन समस्या भएको छ । जिल्ला अस्पताल सल्ले, जिल्ला प्रशासन कार्यालयलगायत ठाउँमा विद्युत् नहुँदा सेवा दिन मुस्किल भएको कार्यालयको भनाइ थियो ।

रुकुम पश्चिम र पूर्वका लागि सल्यानको शीतलपाटीदेखि धैरेनीचौर र जाजरकोटको कुदुदेखि धैरेनीचौरसम्म विद्युत् आपूर्ति हुँदै आएको छ । अहिले त रुकुम पूर्वमा रहेको रुकुमगाडको विद्युत् पनि सबस्टेसनमै जोडिएको छ । ३३/११ केभी र तीन एमभीए क्षमताको विद्युत् सबस्टेसन तयार भएपछि जिल्लामा विद्युत् अनियमितको समस्या कम हुन्छ भन्ने आसमा रहेका उपभोक्ता आउने जाने विद्युतका कारण हैरान भएका हुन् ।

धैरेनीचौरमा सबस्टेसन निर्माण नहुँदै यसअघि सल्यानको शीतलपाटीदेखि जिल्लामा ११ केभी क्षमताको विद्युत् प्रवाह भइरहेको थियो । अहिले भने ३३ केभी क्षमताको विद्युत् प्रवाह भएको भनिएको छ तर विद्युत् आपूर्ति भने नियमित छैन । ३३ केभी प्रसारणलाई सबस्टेसनभित्र छिराएर ११ केभी प्रसारण लाइन उपभोक्तामा पठाइएको नेपाल विद्युत् प्राधिकरण शेरीगाउँ वितरण केन्द्रले जनाएको छ ।

‘यो बत्ती आउने र जाने भइरहने स्थानीयस्तरको समस्या होइन । जिल्लामा विद्युतलाइन बिग्रिए र सबस्टेसनमा केही समस्या आएमा हामीले तत्काल मर्मत गरेको केन्द्र प्रमुख शिवजिप्रसाद साहले बताए । हापुरे सबस्टेसन र कुदु सबस्टेसनबाट नै बेला–बेलामा लाइन जाने गरेको उनलको भनाई थियो । आइपर्ने समस्या समाधान गर्दै आए पनि विद्युत् आपूर्ति हुने ठाउँबाटै बत्ती नआएको प्रमुख साहले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit