विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्लो समय निजी ऊर्जा उत्पादकहरूको आकर्षण सौर्य विद्युत उत्पादनतर्फ बढ्दै गएसँगै यसबाट उत्पादित विद्युत परिणाम पनि थपिँदै गएको छ । जलविद्युत आयोजना भन्दा कम लागत तथा छोटो समयमा निर्माण गर्न सकिने हुँदा उत्पादकहरूको आकर्षण सौर्य ऊर्जातर्फ बढ्दै गएको हो ।

पछिल्लाे समय साैर्य विद्युत उत्पादन गर्न अध्ययन तथा उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा अावेदन दिने ऊर्जा उत्पादकहरूको संख्या बढीरहेकाे छ । विभागका अनुसार हालसम्म १४१ मेगावाटका सौर्य आयोजनाले अध्ययन अनुमतिका लागि आवेदन दिएका छन् । उक्त क्षमताका ४ सौर्य आयोजनाले अध्ययन अनुमतिका लागि आवेदन दिएका हुन ।

अध्ययन अनुमतिका लागि आवेदन दिएका आयोजनामध्ये सबै भन्दा ठुलो १०० मेगावाटको नेपालगन्ज एसपिभी सौर्य पावर प्लान्ट आयोजना रहेको छ । जीटी  इनर्जीले पहिचान गरेको उक्त आयोजनाले २०७९ चैत २६ गते अध्ययन अनुमतिका लागि आवेदन दिएको छ ।

यसैगरी, ३० मेगावाटको कपिलवस्तु सौर्य आयोजना र १० मेगावाटको लमही सौर्य आयोजना दुवैले २०८० साउन २४ गते अध्ययन अनुमतिका लागि विभागमा आवेदन दिएका छन् । यी दुई आयोजनाको अध्ययन प्राइम पावर प्रालिले गरेका छन् । त्यस्तै, १ मेगावाटको माल्टा सौर्य आयोजनाले २०७८ साउन ३२ गते अध्ययन अनुमतिका लागि आवेदन दिएको छ । यस आयोजनाको अध्ययन भने पशुपती इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले गरेको छ । 

यसैगरी, ९९.३६ मेगावाटको १४ सौर्य आयोजनाले भने उत्पादन अनुमति पाएर निर्माण प्रक्रिया अघि बढाएका छन् । उत्पादन अनुमति पाएका यी आयोजनाहरू निर्माणका विभिन्न चरणमा छन् । यस्तै, ७०५ मेगावाटका ४० आयोजनाले भने अध्ययन अनुमति पाइसकेका छन् । अनुमति पाएका यी आयोजनाहरू अहिले अध्ययनका विभिन्न चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit