विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) ले सौर्य रुफ टप प्रणाली प्रवर्द्धन सम्बन्धमा निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन) सँग अन्तरक्रिया कार्यक्रम गरेको छ । रुफ टक सौर्य प्रणाली विकास गर्ने उद्देश्यले सो अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले अहिले ३१ मेगावाट सौर्य रुफ टप प्रणाली जडान गर्ने लक्ष्य लिएको बताए । ‘लक्ष्य हासिलका लागि प्याब्सनसँग आवद्ध करिब ७ हजार विद्यालयहरू सौर्य रुफ टप प्रणाली जडान गर्न सम्भाव्य देखिएका छन्,’ उनले भने, ‘रुफटप प्रणाली जडानले उद्योग व्यवसायमा दैनिकरूपमा प्रयोग हुने डिजेल खपतमा कमी ल्याई हरित ऊर्जाको उपयोगबाट कार्बन उत्सर्जन न्यूनीकरणमा सघाउ पुग्छ ।’

सौर्य रुफ टफ प्रणालीले दिउँसो ऊर्जा उत्पादन गर्ने हुँदा स्टोरेज क्षमता भएका जलविद्युत् आयोजनामा विद्युत्‌काे माग बढी हुने समयका लागि पानीको भण्डारण गरी विद्युत् सुरक्षालाई समेत सहयोग गर्ने उनको भनाइ छ । यस्तो प्रणालीलाई नेट मिटरिङ प्रक्रियाद्वारा ग्रिडमा जोड्नसमेत सकिने हुँदा औद्योगिक क्षेत्रमा उत्पादित विद्युत् खपत नहुने समयमा ग्रिडमा आपूर्ति गरी राष्ट्रिय प्रसारण प्रणालीलाई गुणस्तरीय र भरपर्दो बनाउन सहयोग पुग्ने उनले बताए ।

यसैगरी, सौर्य रुफ टप प्रणाली जडानमा चासो रहेको बताउँदै सौर्य ऊर्जाबाट उत्पादित विद्युत् तथा आवश्यक उपकरणहरू विश्वसनीय गुणस्तरीय र भरपर्दो हुनु आवश्यक रहेको प्याब्सन उपाध्यक्ष कृष्ण अधिकारीले बताए । ‘लोडसेडिङ भएको अवस्थामा विद्युत्को वैकल्पिक स्रोतको रूपमा उपयोग गर्न सकिने हुँदा मन्टेश्वरी सहित करिब १२ हजारको संख्यामा रहेका निजी तथा आवासीय क्षेत्रहरूले यो प्रणाली जडान गर्न सक्छन्,’ उनले भने, ‘सौर्य रुफ टप प्रणालीका सम्बन्धमा केन्द्रसँगको सहकार्यमा प्याब्सनकै कार्यालयमा कार्यशाला आयोजना गरी यस सम्बन्धी सरोकारवाला विद्यालयहरूसँग थप छलफल गरिने छ ।’

उता, नेपाल सौर्य विद्युत् उत्पादक संघ (सिम्यान) का अध्यक्ष कृष्णप्रसाद पराजुलीले कम्पनीले प्रदान गर्ने सेवामा शतप्रतिशत ग्यारेन्टी प्रदान गर्ने बताए । साथै, नेपालका सौर्य ऊर्जा कम्पनीहरू ग्राहकले चाहेजस्तो सेवा प्रदान गर्न सक्षम रहेको पनि उनले बताए । कार्यक्रममा केन्द्रका निर्देशक डा. नारायणप्रसाद अधिकारीले विश्व परिवेशमा जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरण गर्न नवीकरणीय ऊर्जाको महत्त्व उल्लेखनीय रहेको बताए । साथै, हालको नीतिगत व्यवस्थालाई सरलीकृत गर्दै प्याब्सनमा आवद्ध ७००० विद्यालयहरूमा रुफ टप प्रणाली प्रवर्द्धनमा जोड दिइने उनको भनाइ थियो ।

केन्द्र र जर्मन सरकार (जर्मन सहयोग नियोग अन्तर्गतको केएफडब्लूमार्फत) को सहयोगमा सञ्चालित ग्रामीण तथा अर्धसहरी क्षेत्रका लागि सौर्य ऊर्जा प्रवर्द्धन आयोजना (डि.के.टी.आइ. आयोजना) एवं केन्द्र र बेलायत सरकारको सहयोगमा सञ्चालित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम (एनआरइपी) अन्तर्गत डिजेल खपत भइरहेका उद्योग तथा निजी व्यवसायहरूमा हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न सौर्य रुफ टप प्रणाली जडान गर्ने कार्य भइरहेको छ ।

नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ अनुसार “व्यावसायिक प्रयोजनमा १५०० वाट पिक क्षमताभन्दा बढी र घरायसी प्रयोजनमा ५०० वाट पिक क्षमताभन्दा बढीका सौर्य ऊर्जा प्रणाली जडान गर्न ५ वर्षे मासिक किस्तामा बैंक ऋण पाइने सुविधा छ । यसरी ऋण लिँदा व्यावसायिक प्रयोजनमा ब्याजको ५० प्रतिशत रकम र घरायसी प्रयोजनमा ब्याजको ७५ प्रतिशत रकम अनुदानस्वरूप बैंकमार्फत उपलब्ध गराउने प्रावधान छ ।

त्यसैगरी, केन्द्रीय नवीकरणीय ऊर्जा कोष (सञ्चालन) निर्देशिका, २०७१ मा राष्ट्रिय प्रसारणमा जडान हुने र कम्तीमा वार्षिक उत्पादित विद्युत्‌काे ५१ प्रतिशत स्व–उपयोग गर्ने क्याप्टिभ आयोजनालाई कर्जाको ब्याजमा वित्तीय संस्थाले तोकेको ब्याजको पाँच वर्षसम्म बढीमा ५० प्रतिशतसम्म ब्याज सहुलियत पाइने उल्लेख छ । यस्तै, उत्पादित विद्युत्‌मा ५ वर्षसम्म प्रतियुनिट बढीमा एक रुपैयाँ पचास पैसा भायबिलिटी ग्याप फण्डिङ (भिजिएफ) उपलब्ध गराउने व्यवस्था छ । कार्यक्रममा प्याब्सन, सौर्य ऊर्जा प्रवर्द्धनमा क्रियाशील निजी क्षेत्रका कम्पनी तथा सोको छाता संगठन (सिम्यान), ऊर्जा सेवा प्रदायक कम्पनीबाट ४० जना भन्दा बढीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit