विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं ।  २ आयाेजनाबाट  ६.३६ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जाेडेकाे खानी खोला हाइड्रो पावर कम्पनी लिमिटेडको खुद नाफा साढे ३२ करोड रुपैयाँले घटेको छ । कम्पनीले सार्वजानिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आव २०७७/७८ को तुलनामा  गत आवमा नाफा घटेको देखिएको हो । 

यो अवधिमा कम्पनीको ३२ करोड ५२ लाख ५८ हजार ३ सय ८५ रुपैयाँले नाफा घटेर ६३ लाख ६४ हजार ७ सय ९९ रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ३३ करोड १६ लाख २३ हजार १ सय ८४ रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको खुद नाफा घटेसँगै विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेको छ । यो अवधिमा विद्युत बिक्री गरी १५ करोड ६५ लाख ८४ हजार ३ सय ७१ रुपैयाँ आम्दानी गरेको छ भने अघिल्लो आवमा ५१ करोड २ लाख ७१ हजार ५ सय ६४ रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, कम्पनीले अन्य स्रोतबाट ६ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले ललितपुरकाे टुङ्गुन खोलामा ४.३६ मेगावाटको टुङ्गुन–ठोस्ने खोला जलविद्युत आयोजना र  साेही जिल्लामा २ मेगावाटको खानी खोला जलविद्युत आयोजना निर्माण गरी  विद्युत उत्पादन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit