विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुदुरपश्चिम प्रदेशको बझाङस्थित कालंगा बेसीनमा निर्माणाधीन ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको काम ९३ प्रतिशत पूरा भएको छ । सानिगाड हाइड्रो कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको बाँध र सुरुङ खन्ने काम पूरा भएको  प्रवद्र्धक पुष्प चित्रकारले बताए । उनका अनुसार आयोजनाको ७ हजार ८ सय ५ मिटर लामो सुरुङ ढलान गर्ने काम भइरहेको छ । आयोजनाको १ हजार १ सय ५० मिटर पेनस्टक पाइप राख्ने काम भइरहेको छ ।

विद्युतगृहमा कन्डक्टर र स्युचयार्डको काम भइरहको छ । आयोजनाको सबै काम पूरा गरेर आगामी पुसदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको पनि चित्रकारले बताए ।

आयोजनाबाट भदौदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो,’ उनले ऊर्जाखबरसँग भने, ‘तर, विश्वव्यापी रुपमा फैलिएको कोभिड र वर्षा लाग्नासाथ आएको अविरल बर्षापछिको बाढीपहिरोले क्षति पुर्याउँदा उत्पादन तालिका सरेको हो ।’

आयोजनास्थल पुग्ने सडक ठाउँ–ठाउँमा बाढीले बगाउँदा पूर्णरूपमा अवरुद्ध हुँदा ढुवानीका गाडी आयोजना स्थल पुर्याउन सकिएको थिएन । अहिले बगाएको तथा भत्किएको स्थानको सडक स्तरोन्नति गरी सामान ढुवानीको काम पनि भइरहेको छ ।

बाढीले आयोजनाको बाँध र विद्युतगृहमा पनि सामान्य क्षति गरेको थियो । बाँधमा पहिरो खसेर थुनिएपछिको बाढी बालुवा थिग्राउने पोखरीको एउटा प्यानल बगाएको चित्रकारले जानकारी दिए ।

पहिलो तालिका अनुसार आयोजनाबाट २०७७ असारदेखि उत्पादन सुरु गर्ने तालिका भए पनि भौगोलिक विकटता तथा कमजोर भौगोलिक अवस्थाका कारण सुरुङमा देखिएको समस्याले सम्भव नभएको कम्पनीले जनाएको छ । दोस्रो तालिका अनुसार आयोजनाबाट भदौमा उत्पादन सुरु गर्ने भएपनि बाढीपहिराले गर्दा प्रभावित भएको छ । अब, आयोजनामा केही समस्या आएनभने आगामी पुसदेखि उत्पादन सुरु गरिने कम्पनीले जनाएको छ ।

आयोजनाले उत्पादन गर्ने विद्युत दार्चुलास्थित १३२/३३ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । आयोजना पूरा गर्न ६ अर्ब ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ८ बैंकले ऋण लगानी गरेका छन् ।

कालंगा बेसिनमा माथिल्लो कालंगागाडसहित १५.३३ मेगावाटको कालंगागाड र १०.७ मेगावाटको सानीगाड आयोजना निर्माणाधीन छन् । ३ वटै आयोजना एउटै समूहले निर्माण गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit