images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । खोटाङ जिल्लामा  ‘लोवर मिड रावाखोला हाइड्रो पावर प्रोजेक्ट प्रालि’ले अघि बढाएको ४ मेगावाटको तल्लो मध्य रावा खोला जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण र प्रवर्द्धकबीच सम्झौता भएको हो ।

गैरआवसीय नेपाली संघ (एनआरएन) र ऐसेलुख गाउँपालिकाकाे स्वपूँजी लगानीमा निर्माण हुन लागेकाे आयोजनाको पिपिएमा प्राधिकरणका तर्फबाट याेजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उप-कार्यकारी निर्देशक प्रदीपकुमार थिके र कम्पनीका तर्फबाट अध्यक्ष शम्भु प्रसाद घिमिरेले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार प्राधिकरणले हिउँदमा नन पिकिङ आवर अर्थात सामान्य समयमा उत्पादन भएको विद्युत प्रतियुनिट ८.४० रुपैयाँमा र वर्षायामको विद्युत प्रतियुनिट ४.८० रुपैयाँका दरले खरिद गर्नेछ ।

अहिले आयोजनाको निर्माण पूर्वको काम भइरहेकाे छ । निर्माण पूर्वकाे काम सकिन लागेकाेले आयोजना संरचनाकाे काम सुरु गर्ने तयारी भइरहेकाे पनि कम्पनीले जनाएकाे छ । आयोजना सम्पन्न गर्न करिब ८३ करोड ३५ लाख ४४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनामा ७० प्रतिशत अर्थात ५८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने छ । बाँकी ३० प्रतिशत अर्थात करिब २५ करोड रुपैयाँ स्वपुँजी लगानी रहनेछ । आयोजनामा अधिकतम गैर आवासीय नेपालीहरूको लगानी रहनेछ । स्वपूँजीकाे १० प्रतिशत गाउँपालिकाले लगानी गर्नेछ । आयोजनाको निर्माणका लागि एक महिनाभित्रमा बैंक तथा वित्तीय संस्थाहरूसँग वित्तीय स्रोत व्यवस्थापन सम्बन्धि सम्झौता गर्ने गरि तयारी भइरहेको छ ।

आयोजनाको विस्तृत इन्जिनियररिङ अध्ययन पूरा प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण कार्य तथा आयोजनास्थलमा आवश्यक सडक निर्माण कार्य सम्पन्न गरी सम्बन्धित जग्गा धनीलाई मुआब्जा वितरण भइसकेको छ । आयोजनाको जग्गा धनिहरू सबै सेयर सदस्य रहेको कम्पनीले जानकारी दिएको छ ।

आयोजनाको निर्माण २०८२ सालभित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।  आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक २४.०८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । वर्षायाममा २०.४६  र हिउँदयाममा ३.६२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । 

स्थानीय सरकारसंगको सहकार्यमा निर्माण हुन लागेकाेले आयोजना विशेष महत्वपुर्ण रहने संचालक तथा गैर आवासीय नेपाली संघ युरोपका क्षेत्रीय युवा संयोजक रमेश काफ्लेले बताए । यो एउटा गैर आवासीय नेपालीहरूको लगानी र प्रतिफलको कुरा मात्र नभई सामाजिक परियोजनाको रुपमा हेरिएको र गैरआवासीय युवाहरूलाई लगानीको लागि प्रोत्साहन गर्दै सामाजिक उद्यमशीलता विकासकाे लागि जोड दिइएको मोडेल आयाेजना हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit