विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट लोडसेडिङको समयमा डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् सेवा लिएका सबैजसो उद्योगले प्रिमियम दरको बक्यौता महसुल बुझाउन थालेका छन् । कुल बक्यौता महसुललाई २८ किस्तामा विभाजन गरी बुझाउन पाउने सुविधा अनुसार सबै उद्याेगले बक्यौता बुझाउन थालेका हुन् । बक्यौताको पहिलो किस्ता बुझाएपछि लाइन ती उद्योगमा कात्तिक ४ र ८ गते काटिएका २२ उद्याेगमा समेत विद्युत् आपूर्ति सुचारु गरिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले ऊर्जा खबरसँग बताए ।

‘लाइन काटिएका २५ मध्ये एभरेस्ट पेपर मिल र बुटवल सिमेन्ट पहिलेदेखि नै बन्द रहेको र नियमित महसुल समेत नतिरेकोले आपूर्ति बन्द गरिएको थियो,’ उनले भने, ‘निगाले सिमेन्टको भने उद्योगको ट्रान्सफर्मर बिग्रिएका कारण विद्युत् आपूर्ति पहिल्यैदेखि बन्द थियो भने अहिले उद्योग उद्योग नै बन्द रहेको छ ।’

उनका अनुसार प्राधिकरणले असोज १२ गते नै २१ दिनको समय दिएर बक्यौता प्रिमियम महसुल नतिरे लाइन काट्ने सूचना दिएको थियो । उक्त सूचनापछि विद्युत् लाइन नकाटिँदै हुलास स्टील, अशोक स्टील, हामा आइरन एन्ड स्टील, सर्वोत्तम सिमेन्टलगायत १३ उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएर विद्युत् सेवा सुचारु नै राखेका थिए । उक्त सूचनाअनुसार बक्यौता बुझाउन नआएका उद्योगको भने लइन काटिएपछि बक्यौता तिर्न सुरु गरेका हुन् । सरकारको स्वामित्वमा रहेका हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टले भने यसअघि नै बक्यौता तिर्ने प्रतिबद्धता जनाएका कारण लाइन सुचारु नै राखिएको थियो ।

उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म लोडसेडिङका बेला प्रिमियम सुविधामा उपभोग गरेको विद्युत्‌को बक्यौता प्रिमियम महसुल बुझाउन थालेका हुन् । उद्योगहरूले बक्यौता रकमको पहिलो किस्ता बुझाएपछि अब प्राधिकरणको छुट बिलप्रति चित्त नबुझेका उद्योगले न्यायिक निरूपणका लागि प्रशासनिक पुनरावलोकन तथा अदालतमा जाने बाटोसमेत खुलेको छ ।

लाइन काटिएपछि बक्याैता बुझाउन थालेका उद्याेगको सूची

क्र.सं. उद्याेगकाे नाम पहिलो किस्ता (रु) कुल बक्यौता (रु)

१.        

घराना फुड्स  ,७०,३३५ १,८७,६९,३५३

२.             

सिद्धार्थ पेटप्लास्ट ,५३,०८३   १,८२,८६,३३३
३. गोयन्का फुड्स् रुपन्देही ,२७,४०५ १,४७,६७,३१९
४. श्याम प्लास्टिक उद्योग ,७५,३४५ ४९,०९,६७७
५. पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज ८७,९९५

२४,६३,८७६

६. पञ्चकन्या स्टील इन्डस्ट्रिज ,८६,४०५ ५२,१९,३६२
७. एसआर फुड्स ,३०,५३२ १,४८,५४,८९२
८. भलवारी स्वचालित कारखाना ,०६,९१५

२९,४५,६९३

९. एसआर स्टील इन्डस्ट्रिज ५८,०२१ १६,२४,५९७
१०. एभरेष्ट रोलिङ मिल्स ६२,७७९ १७,५७,८०९
११. रिलायन्स स्पिनिङ मिल्स ,७५,००,०००

७५,३६,८४,३३५

१२. त्रिवेणी सिन्थेटिक यार्न १५,७०,८२८ ४,३९,८३,१७९
१३. हिमाल आइरन एन्ड स्टील २४,५०,०००

१३,६५,०१,९०२

१४. शिवम् सिमेन्ट ,३८,८८,८२४

६६,८८,८७,०८१

१५. सोनापुर मिनरल एन्ड आयल ८६,७८,५४६ २४,२९,९९,२७३
१६. कसमस सिमेन्ट फ्याक्ट्री ३४,९०,२००

९,७७,२५,५१५

१७. घोराही सिमेन्ट उद्योग ,८१,६१,९७६

५०,८५,३५,३४१

१८. अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिज ,६०,१५,४५० ४४,८४,३२,५७३
१९. त्रिवेणी स्पिनिङ मिल्स ,१४,६३,८१४ ३२,०९,८६,७९३
२०. विशाल शिमेन्ट इन्डस्ट्रिज ११,९७,३५५ ३,३५,२५,९१५
२१. जगदम्बा सिन्थेटिक ७३,२२,९९९  
२२. जगदम्बा स्टिल प्रालि ,७२,०८,६८३ १,६०,१८,४३,१२५
जम्मा    १८,२०,०७,४९४  

 

 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३