विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुदुरपश्चिम प्रदेशको बझाङस्थित कालंगा बेसिनमा निर्माणाधीन ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको काम ९६ प्रतिशत पूरा भएको छ । सानिगाड हाइड्रो कम्पनीले निर्माण गरिरहेको आयोजना सम्पन्न हुने चरणमा पुगेको हो ।

आयोजनाको बाँध र सुरुङ खन्ने काम पूरा भइसकेकाे प्रवर्द्धक पुष्प चित्रकारले बताए । उनका अनुसार आयोजनाको ७ हजार ८ सय ५ मिटर लामो सुरुङ ढलानको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको १ हजार १ सय ५० मिटर पेनस्टक पाइप राख्ने काम ७० प्रतिशत सकिएकाे छ ।

विद्युतगृहमा इलेक्ट्रोमेकानिल उपकरण जडानको काम भइरहेको छ । निर्माण अन्तिम चरणमा पुगे पनि आयोजनाको बाँकी काम पूरा गरेर विद्युत उत्पादन सुरु गर्न अझै ६ महिना लाग्ने देखिएकाे छ । अब २०७९ असारदेखि विद्युत उत्पादन सुरु हुने चित्रकारले बताए ।

‘आयोजनाबाट गत भदौदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारी तथा गत बर्खामा आएको अवीरल बर्षापछिको बाढी र पहिरोले संरचनाा क्षति पुर्याउँदा उत्पादन तालिका फेरि सरेको छ।’

आयोजनास्थल दुर्गम क्षेत्रमा भएकाले तथा बाढीले त्यहाँसम्म पुग्ने सडक ठाउँ–ठाउँमा बगाएकाले पहुँचमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा निर्माण सामाग्री ढुवानीमा समस्या हुँदा त्यसकाे प्रभाव पनि आयोजनामा परेकाे उनले बताए । अहिले पहुँच सडककाे स्तराेन्नित गरेर आयोजनाकाे निर्माण सुचारु गरिएकाे उनले जानकारी दिए ।

बाढीले आयोजनाको बाँध र विद्युतगृहमा पनि सामान्य क्षति गरेको थियो । बाँधमा पहिरो खसेर थुनिएपछिको बालुवा थिग्राउने पोखरीको एउटा प्यानल बगाएको थियो ।पहिलो तालिका अनुसार आयोजनाबाट २०७७ असारदेखि उत्पादन सुरु गर्ने तालिका भए पनि भौगोलिक विकटता तथा कमजोर भौगोलिक अवस्थाका कारण सुरुङमा देखिएको समस्याले सम्भव नभएको कम्पनीले जनाएको छ ।

दोस्रो तालिका अनुसार आयोजनाबाट भदौमा उत्पादन सुरु गर्ने भएपनि बाढीपहिराले गर्दा प्रभावित भएको छ । अब, भदौमा पनि सम्भव नभएपछि पुसमा पुर्याइएको थियो । पुसमा पनि काम सकिएन् । अब, आयोजनामा केही समस्या आएनभने आगामी असारदेखि उत्पादन सुरु गरिने कम्पनीले जनाएको छ ।

आयोजनाले उत्पादन गर्ने विद्युत दार्चुलास्थित १३२/३३ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । आयोजना पूरा गर्न ६ अर्ब ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ८ बैंकले ऋण लगानी गरेका छन् ।

कालंगा बेसिनमा माथिल्लो कालंगागाडसहित १५.३३ मेगावाटको कालंगागाड र १०.७ मेगावाटको सानीगाड आयोजना निर्माणाधीन छन् । ३ वटै आयोजना एउटै समूहले निर्माण गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३