विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बुको सोलुखोला जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन सञ्चालनमा आएको छ ।  सरकारको लगानी तथा भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई सोमबार बिहान ११.३० बजेदेखि सञ्चालनमा ल्याइएको छ । 

सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको दूधकुण्ड नगरपालिकास्थित तिंला सबस्टेसनसम्मको ९० किलोमिटर लाइन सञ्चालनमा ल्याइएको हो । प्राधिकरण ढल्केबर ग्रिड शाखा प्रमुख राजीव शर्माले स्विच थिचेपछि प्रसारण लाइन औपचारिकरूपमा सञ्चालनमा आएको हो । प्रसारण लाइन अन्तर्गत ३०२ वटा टावर निर्माण गरिएको छ । 

सोमबार बिहान मिर्चैया सबस्टेसनमा स्विच थिचेर प्रसारण लाइन औपचारिकरूपमा सञ्चालनमा ल्याएको आयोजना प्रमुख जनार्दन गौतमले बताए । ‘हाम्रो तयारी त निर्माण सम्पन्न भएको केही समयमै प्रसारण लाइन चार्ज गर्ने हाम्रो योजना थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘प्रसारण लाइनको रुटमा बढेका रुख विरुवाको हाँगा बिँगा कटान गर्नु पर्ने तथा केही रुख कटान गर्न त्यसको अनुमति लिनुपर्ने भएकाले पनि केही ढिलो भयो । अहिलेलाई रुख कटानको अनुमति कुर्दै भए पनि रुखका हाँगा बिँगा काटेरै भए पनि प्रसारण लाइन सञ्चालनमा ल्याउन सफल भएका छौं । यो नै हाम्रा लागि ठूलो कुरा भएको छ ।’

सोलु कोरिडोर प्रसारण लाइन आयोजना अन्तर्गत तिन्लामा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी,८ एमभिए क्षमताको सबस्टेसन निर्माण  गरिएको छ । यो सबस्टेसन निर्माण सम्पन्न भई २०७६ भदौ ७ गतेबाट सञ्चालनमा छ । यो सबस्टेसनबाट सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत आपूर्ति हुने छ । 

ठेकेदार छनोटमा भएको विवाद, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयबाट भएको अवरोध, जटिल भौगोलिक अवस्था लगायतका कारण आयोजना निर्माणमा केही ढिलाइ भए पनि अब सञ्चालनमा आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  बताए ।  

‘सोलु नदी बेसिनमा निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको छ,’ उनले भने, ‘प्रसारण लाइन अभावमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको २३.५ मेगावाटको सोलुखोला बर्खामा पूर्ण क्षमतामा चल्न पाएको थिएन । सोलु कोरिडोर सञ्चालन भएपछि अब यो समस्याको अनत्य भएको छ ।’

उनले सोलु बेसिनमा निर्माणाधीन अन्य जलविद्युत आयोजनाको विद्युत जोड्ने संरचना तयार भएको बताए । उनले अब सोलु बेसिनमा बनेका आयोजनाको विद्युत सोलु कोरिडोरमा प्रवाह भएपछि मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङलगायतका जिल्लामा आपूर्ति गर्न सकिने बताए ।

यी जिल्लामा खपत भएर बढी भएको विद्युत ढल्केबर सबस्टेसनमार्फत भारततर्फ पनि पठाउन सकिने जानकारी घिसिङले दिए । उनले तिन्ला सबस्टेसनबाट विद्युत आपूर्ति दिइने हुँदा अब सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विद्युत सेवा भरपर्दो र गुणस्तरीय हुने साथै चुहावट पनि घट्ने बताए ।

सोलु बेसिनमा २३.५ मेगावाटको सोलु खोलासहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु खोला (दूधकोसी) ८२ मेगावाटको तल्लो सोलु खोला लगायतका जलविद्युत आयोजनाको विद्युत तिन्ला सबस्टेसनमा जोडिनेछ । यो प्रसारण लाइनमा प्रवाह हुने गरी विद्युत प्राधिकरणले ३२५ मेगावाटका १२ जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।  

सोलु कोरिडोर प्रसारण लाइनको निर्माणमा केही ढिला हुने देखिएपछि २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजनाको विद्युत पोहोर फागुनबाट अस्थायी रुपमा ३३ केभी लाइनमा जोडिएको थियो । प्रसारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका-४, मरुवामा करिब दुई वर्ष अवरोध भएको थियो ।  

सोलु करिडोर प्रसारण लाइन आयोजना निर्माणमा धेरै  ठूला समस्या  र अवरोध भोगिएको र यसबाट पाठ सिक्दै अन्य आयोजना निर्माण गरिनु पर्ने आयोजना प्रमुख गौतमले बताए ।प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौता २०७३ को असोजबाट कार्यान्वयनमा आएको थियो । निर्माण सुरु भएको ५ वर्षमा सम्पन्न भई प्रसारण लाइन सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit