विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशको कुल घरधुरीमध्ये ९२.२ प्रतिशत घरधुरीमा बत्ती बाल्न बिजुलीको प्रयोग भएको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गरेको गणनाअनुसार उक्त संख्याले बत्ती बाल्न बिजुलीको प्रयोग गरेको देखिएको हो ।

राष्ट्रिय जनगणना २०७८ को विवरण अनुसार ६६ लाख ६० हजार ८ सय ४१ घरपरिवारले बत्ती बाल्नका लागि बिजुलीको प्रयोग गरेको पाइएको छ । १० वर्षपहिले अर्थात २०६८ को जनगणनाअनुसार बिजुली प्रयोग गर्ने परिवार ६७.३ प्रतिशत मात्रै थिए ।

यस्तै, सौर्य ऊर्जाको प्रयोग गर्ने ६.६ प्रतिशत घरधुरी रहेका छन । यस आधारमा हेर्दा स्वच्छ ऊर्जाको पहुँच ९८.८ प्रतिशत घरधुरीमा पुगेको छ । मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने क्रमश : ०.६ र ०.६ प्रतिशत रहेका छन । १० वर्षअघि १८.३ प्रतिशतले मट्टितेल र ६.१ प्रतिशत घरधुरीले अन्य इन्धन प्रयोग गर्ने गरेका थिए ।

प्रदेशगत हेर्दा सबैभन्दा बढी मधेश प्रदेशमा बिजुली प्रयोग गर्ने परिवार ९७.९ प्रतिशत छन भने कम कर्णाली प्रदेशमा बिजुली प्रयोग गर्ने र सौर्य ऊर्जा/सोलार प्रयोग गर्ने परिवार क्रमश : ४९.६ प्रतिशत र ४७.९ प्रतिशत छन ।

यस्तै, ०.५ प्रतिशत घरपरिवारले खाना पकाउन बिजुलीको प्रयोग गर्ने गरेको पाइएको छ । ५१ प्रतिशतले काठ/दाउरा, ४४.३ प्रतिशतले एलपी ग्यास, २.९ प्रतिशतले गुईठा/गोरहा, १.२ प्रतिशतले बायोग्याँस, ०.०५ प्रतिशतले मट्टितेल र ०.१ प्रतिशत अन्य इन्धन प्रयोग गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit