images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यका लागि छुट्याएको सेयर निष्कासन गर्ने तयारी गरेको हो ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको सय रुपैयाँ अंकितका दरले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले सेयरधनी सदस्यका लागि १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

कम्पनीले संखुवासभा जिल्ला भएर बग्ने पिलुवा खोलामा निर्माण गरेको ३ मेगावाटको पिलुवा खोला साना जलविद्युत् आयोजना कम्पनीले निर्माण गरेको पहिलो आयोजना हो । यस आयोजनबाट २०६०, असोज १ गतेदेखि व्यावसायिक उत्पादन भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युतले नेपालका पूर्वी पहाडी जिल्लाहरूलाई लोडसेडिङमुक्त बनाउन ठूलो योगदान गरिरहेको छ ।

त्यसैगरी, कम्पनीले ताप्लेजुङ, पाँचथर सिमाना भएर बग्ने काबेली खोलामा ९.९४ मेगावाट क्षमता भएको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७८ साल चैत १२  गतेदेखि  व्यावसायिक उत्पादन सुरु गरेको छ ।

जलविद्युत् आयोजनाहरूको विकास र निर्माण गर्दै जाने कम्पनीको उद्देश्य रहेको र हाल कम्पनीसँग निर्माण आयोजना नरहेकोले कम्पनीले सहायक कम्पनीमार्फत आयोजना निर्माण अघि बढाएकाे छ । कम्पनीले पिके हाइड्रो पावर लिमिटेडमा ५१ प्रतिशत संस्थापक सेयरमा लगानी गरी ओखलढुङ्गा र रामेछाप जिल्ला भएर बहने लिखु खोलामा ३० मेगावाटको लिखु खोला निर्माण कार्य सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit