विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एक दर्जन बढी जलविद्युत कम्पनीको आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी तथा सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएका छन् । निजी लगानीमा निर्माणाधीन तथा निर्माण सम्पन्न भई सञ्चालनमा आएका जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीले ३ करोड ९२ लाख ८१ हजार ६ सय ५५ कित्ता साधारण सेयर निष्कासनको तयारी गरेका हुन् ।

सबै कम्पनीले प्रतिकित्ता सय रुपैयाँ मूल्यमा साधारण सेयर निष्कासनको अनुमातिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डमा आवेदन दिने मध्ये सबैभन्दा बढी साधारण सेयर साहस ऊर्जा कम्पनीले निष्कासन गर्दैछ । यो कम्पनीले सोलुखुम्बुमा निर्माणाधीन ८५ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्न लागेको हो । 

बोर्डको अनुमतिपछि यो कम्पनीको १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गर्नेछ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । 

यस्तै, सयपत्री हाइड्रोपावर कम्पनीले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन अनुमतिका लागि बोर्डमा २०७७ फागुन २० गते नै आवेदन पेश गरेको हो । यो कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ३३ लाख ७ हजार ५ सय कित्ता सेयर निष्कासन हुँदैछ । कम्पनीले सोलुखुम्बुमा निर्माण पूरा भई सञ्चालनमा आएको २३.५ मेगाावाटको सोलुखोला जलविद्युत आयोजनाको सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ ।

कम्पनीको निष्कासन हुने सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र सर्वसाधारणका लागि हुनेछ । सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । 

दोर्दी खोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार ९ सय २९ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर सिद्धार्थ क्यापिटल लिमिटेडले निष्कासन गरी बाँडफाँड गर्नेछ ।

यसैगरी, अप्पर हेवा खोला हाइड्रोपावर कम्पनीले २० लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले संखुवासभामा निर्माणाधीन ८.५ मेगावाटको माथिल्लो हेवा खोला साना जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटलाई बिक्री प्रबन्धक तोकिएको छ । निर्माणाधीन आयोजना अन्तिम चरणमा पुगेको छ ।

लिखु–४ को प्रवर्द्धक ग्रीन भेन्चर कम्पनीले ६२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रामेछापमा निर्माणाधीन ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर लक्ष्मी क्यापिटल मार्केटले निष्कासन गरी बाँडफाँड गर्नेछ ।

मैलुङ खोला जलविद्युत कम्पनीले पनि ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गर्दैछ । यो कम्पनीले ३ वर्षदेखि बोर्डको स्वीकृति पर्खिरहेको छ । कम्पनीले २०७४ माघ १८ गते आवेदन दिएको थियो ।यो कम्पनीले आवेदन दिएको साढे ३ वर्ष बितिसक्दा समेत सेयर निष्कासनको अनुमति पाउन सकेको छैन । कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

यस्तै, बुटवल पावर कम्पनी (बिपिसी) को सहायक न्यादी हाइड्रोपावर कम्पनीले ४० लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको ४० करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गरी बाँडफाँड गर्न लागेको हो । यो कम्पनीले पनि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले निर्माण गरिरहेको आयोजना अन्तिम चरणमा पुगिसकेको छ ।

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पनि २५ लाख कित्ता सेयर निष्कासन गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । साम्लिङ पावर कम्पनीले इलाममा निर्माणाधीन आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र सर्वसाधारणका लागि १२ लाख ३० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सेयर नेपाल एसबिआइ मर्चेन्ट बैंकिङले निष्कासन गरी बाँडफाँड गर्ने तयारी गरेको हो ।

हिमालयन हाइड्रो पावर कम्पनीले पनि स्थानीयबासी र सर्वसाधारणका लागि छुट्याएको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले सेयर निष्कासनको अनुमतिका लागि २०७६ असोज २७ गते बोर्डमा आवेदन दिएको थियो ।

बलेफी हाइड्रो पावर कम्पनीले पनि सिन्धुपाल्चोकमा निर्माणाधीन ३६ मेगावाटको अप्पर बलेफी ‘ए’  जलविद्युत आयाजना प्रभावित क्षेत्रका स्थानीयबासी र सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासन गरी बाँडफाँड गर्ने जिम्मा ग्लोबल आइएमई क्यापिटलले पाएको छ ।

बुद्धभुमी नेपाल हाइड्रोले समेत १२ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको सेयर सिभिल क्यापिटल मार्केटले निष्कासन गरी बाँडफाँड गर्ने छ । कम्पनीले सेयर निष्कासन गर्ने अनुमतिका लागि गत माघ ८ गते बोर्डमा निवेदन दिएको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit