विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आग्रह गरेका छन । सोमबार फागुन २९ गते) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले विद्युतीय सवारी साधनको प्रयोग गर्दा खर्च पनि घट्ने र विद्युत खपत बढ्ने भन्दै बिजुली गाडीको प्रयोग गर्न आग्रह गरेका हुन ।

पेट्रोल र डिजेलका सवारी साधनभन्दा विद्युतीय सवारी साधनको प्रयोग निकै सस्तो पर्ने घिसिङले बताए ।  ‘विद्युतीय स्कुटरमा २५ पैसादेखि ३० पैसामा प्रति किलोमिटर खर्च लाग्छ, जबकि पेट्रोल, डिजेल प्रयोग गर्दा प्रतिकिलोमिटर १०/१२ रुपैयाँ खर्च लाग्छ,’ उनले भने ‘विद्युतीय गाडीमा प्रतिकिलोमिटर लागत एक रुपैयाँभन्दा कम अर्थात ६० पैसादेखि ९० पैसाको हाराहारीमा खर्च हुन्छ, जबकि पेट्रोल, डिजेलको गाडी प्रयोग हुँदा प्रतिकिलोमिटर १५ देखि २० रुपैयाँ खर्च पर्छ ।’

इन्जिन नभएकोले विद्युतीय स्कुटरको मर्मत खर्च पनि निकै कम हुने र सञ्चालन तथा मर्मत खर्च दुवै कम भएकोले उपभोक्ता लाभान्वित हुने उनले बताए । विद्युतीय सवारी साधनको प्रयोगले प्रदुषण पनि घट्ने, वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले फाइदा हुनेछ । ‘पेट्रोल, डिजेलको गाडीले काठमाडौं लगायत शहरमा भइरहेकाे प्रदुषण पनि विद्युतीय सवारी साधनकाे प्रयाेगले हट्छ’ उनले थपे ।

नेपालमा बर्खायाममा पर्याप्त विद्युत रहेको भन्दै आगामी दुई वर्षभित्रमा हिउँद आन्तरिक माग पूर्ति भएर पनि खेर जाने स्थिती आउने उनको भनाइ छ । वातावरण र स्वास्थ्य सुरक्षाका लागि नेपालमा विद्युतीय सवारी साधन सबैभन्दा उपयुक्त रहेको घिसिङले बताए । ‘यसले नेपाललाई स्वच्छ ऊर्जा र कार्बन तटस्थतातर्फ अघि बढ्न मदत गर्नेछ, त्यसैले आगामी दिनमा सबैले विद्युतीय सवारी नै प्रयोग गरौं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३