विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पूर्वजलस्रोत सचिव सूर्यनाथ उपध्याय २०७६ सालको ‘हेम बहादुर मल्ल’ सम्मानबाट सम्मानित भएका छन् । राष्ट्र विकासमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूलाई प्रदान गरिने यो सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन् ।

नेपाल जन प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले संयुक्तरूपमा स्थापना गरेको नगद २ लाख रुपैयाँ तथा कदरपत्र उपाध्यायलाई जलस्रोत तथा राष्ट्रको सुशासनको क्षेत्रमा विशेष योगदान पुर्याएबापत प्रदान गरिएको हो । स्व. हेमबहादुर मल्लले साल्ट ट्रेडिङमा करिब २५ वर्ष सेवा गरेको र उनको योगदानलाई सम्मान गर्दै २०५९ सालमा सम्मान तथा पुरस्कार स्थापना गरिएको थियो ।

उपाध्यायले लामो समयसम्म तत्कालीन जलस्रोत मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका थिए । साथै, २०५२ सालमा भएको महाकाली सन्धिको समयमा भारतसँग वार्ता गर्ने उनी प्रमुख व्यक्तिका रूपमा पनि चिनिन्छन् । मन्त्रालयबाट सरुवा तथा अवकास भएपछि पनि उनले निरन्तर जलस्रोतको क्षेत्रमा लेखन तथा अनुसन्धान गर्दै आएका छन् ।

सरकारी सेवाबाट अवकास भएपछि उपाध्यायले केही वर्ष अख्तियार दुरुपयोग अुनसन्धान आयोगको प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका थिए । यस्तै, उच्च ओहादमा रही मुलुकमा सार्वजानिक सेवा प्रवाह, व्यवस्थापन क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको उल्लेख गर्दै उनलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit