विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २६, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । म्याग्दी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको १४ मेगावाटको घार खोला जलविद्युत आयोजनाको काम ९७ प्रतिशत सकिएको छ । कम्पनीले म्याग्दी जिल्लाको घारखोलामा २०७५ साल देखि निर्माण सुरु गरेको उक्त आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

निर्माणाधीन आयोजनाको सिभिल संचनाको काम ९९ प्रतिशत सकिएको आयोजना प्रमुख विनोद देवकोटाले बताए । ‘आयोजनको बाँध र टनेलको सिभिल संरचनाको काम सकिएको छ’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले सुरुङको अन्तिम चरणको काम भईरहेको छ, बाँकी काम १० दिनभित्र सकिनेछ ।’

विद्युतगृहको सिभिल संरचनाको काम पुरा गरी मुख्य उपकरण जडानको काम भइरहेको कम्पनीले जनाएको छ । प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ । आगामी चैतभित्रमा उत्पादन परीक्षण सुरु गर्ने लक्ष्यका साथ धमाधम कामहरू अघि बढीरहेको छ ।

आयोजनाको सबै काम पुरा गरेर चैतभित्र उत्पादन परीक्षण सुरु गर्ने लक्ष्य रहेको देबकोटाले बताए ।आयोजनाबाट उत्पादन हुने विद्युत ३३ केभी प्रसारणा लाइनमार्फत ८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेनमा जोडिनेछ । सबस्टेसनमा सिभिलको काम सकिएर उपकरण जडानको काम भइरहेकोे छ ।

४ वर्ष अघिदेखि निर्माण सुरु भएको आयोजनाबाट यसअघि नै विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, भौगोलिक विकटता, कोरोनाको जोखिम, युक्रेन र रसियाको युद्धले इलोक्ट्रोमेकानिकल उपकरण आयातमा प्रभावलगायत विविध कारणले तालिका सरेको देवकोटाले बताए । पछिल्लो तालिका अनुसार आयोजनाबाट २०७९ चैतभित्र विद्युत उत्पादन गर्नुपर्नेछ ।

आयोजना सम्पन्न गर्न २ अर्ब ४२ करोड रुपैया लागत अनुमान गरिएको छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी छ । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ ।

आयोजनको थप विवरण
जिल्ला : म्याग्दी
क्षमता : १४ मेगावाट
निर्माण सुरु भएको मिति : २०७५ साल
पाइपालाइन : १२०० मिटर
सुरुङ : ३५०० मिटर
उत्पादन लक्ष्य : २०७९ चैतभित्र
विद्युत जोडिने विन्दु : दाना सबस्टेसन
प्रसारण लाइन : ३३ केभी, ८ किलोमिटर
अनुमानित लागत :  २ अर्ब ४२ करोड 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३