विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित “क्यूआर—कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन” परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो ।

विशेष गरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवा उद्यमीहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको छ । यस परियोजनामा युवा भन्नाले संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएको युवा उद्यमी जसको स्वामित्वमा व्यवसाय भएको वा जसले प्रत्यक्ष रुपमा व्यवसाय सञ्चालन गरिरहेका छन् ।

सुरुमा एक हप्ताको लागि सञ्चालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेण्टले गर्ने क्यूआर एवं महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर कारोबारमा ५% वा अधिकतम प्रति कारोबार २ सय रुपैयाँ र प्रतिदिन प्रतिमर्चेन्ट अधिकतम ५ सय रुपैयाँसम्म क्यासब्याक प्रदान गरिनेछ । यो योजना २०७९ बैशाख १ गते (आज) देखि लागु हुनेछ ।

यस योजना मार्फत नबिल बैंकले ठूलो मात्रामा नयाँ महिला र युवा क्यूआर मर्चेन्टलाई बैकिङ्ग च्यानलमा भित्र्याउने, उनिहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरी दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १४६ शाखा,  १८० एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् डिजिटल सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक डिजिटल बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit