विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । धादिङको रुवीभ्याली र खनियाबास गाउँपालिकामा संरचना रहने गरी निर्माण भइरहेको ३८ मेगावाटको माथिल्लो आँखुखोला जलविद्युत आयोजनामा ऋण लगानी जुटेको छ । धादिङ आँखु खोला हाइड्रो कम्पनीले निर्माण गरिरहेको आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा ५ बैंकले साढे ५ अर्ब रुपैयाँ ऋण लगानी गर्न लागेका हुन् ।

आयोजनामा सिटिजन्ससहित नेपाल एसबिआई, नेपाल बंगालादेश, मेगा र सिभिल बैंकले ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजनाको प्रवद्र्धक कम्पनी र बैंकहरूबीच मंगलबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतमा कम्पनीका अध्यक्ष अजय सुमार्गी र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश पोखरेलले हस्ताक्षर गरे ।

कूल ७ अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकहरूले गर्ने ऋण लगानी ७५ प्रतिशत हो । २५ प्रतिशत स्वपुँजी लगानी छ । अहिले यो आयोजना निर्माणको चरणमा छ । अबको ४ वर्षमा आयोजना सम्पन्न गरी विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य छ ।

निर्माणमा जानुअघि विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण, वन तथा वातावरण मन्त्रालयलबाट गर्नु पर्ने कानुनी प्रक्रिया पूरा भइसकेको कम्पनीले जनाएको छ । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत नुवाकोटस्थित नेपाल विद्युत प्राधिकरणको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक पर्ने प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गर्नेछ ।

आयोजना सञ्चालनमा आएपछि वार्षिक २१९.१३८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँदको उत्पादन ६६.७ गिगावाट घन्टा र बर्खाको उत्पादन १५२.४३८ गिगावाट घन्टा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit