विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत उत्पादन कम्पनी लिमिटेड (भियुसिएल) ले ७ देखि १० तहसम्मका ११ जना कर्मचारी नियुक्तिका लागि निकालेको विज्ञापनमा ५८ जना ‘सर्ट लिष्ट’मा परेका छन् । कम्पनीले वैशाख १ गते निकालेको विज्ञापनमा आवेदन दिएकामध्येबाट स्वीकृत मापदण्ड  तथा मूल्यांकन कार्यविधि बमोजिम प्रारम्भिक छनोटमा परेका हुन् ।

७५ जना आवेदकमध्ये तोकिएबमोजिकको मापदण्ड पूरा भएका ५८ जना प्रारम्भिक छनोटमा परेको कम्पनीले जनाएको छ । कम्पनीले एकजना प्रबन्धक (तह–१०) का लागि निकालेको विज्ञापनमा ४ जना सर्टलिष्टमा परेका छन् । हिरामान वाइबा, सूर्य प्रकाश पाण्डेय, विश्वकुमार श्रेष्ठ र नवीनकुमार श्रेष्ठ गरी ४ जना सर्ट लिष्टमा परेको कम्पनीले जनाएको छ ।

वाइबा कम्पनीकै ४८० मेगावाटको फुकोट कर्णाली आयोजना प्रमुख हुन् । पाण्डेय पनि कम्पनीकै १९०२ मेगावाटको मुगु कर्णाली आयोजना प्रमुख छन् । प्रबन्धकका लागि छनौटमा परेकाहरूको जेठ ८ गते (सोमबार) अन्तर्वार्ता हुनेछ ।

यसैगरी, दुई जना उप–प्रबन्धकका लागि आवेदन माग गरिएकोमा ६ जना सर्ट लिष्टमा परेका छन् । उनीहरूको अन्तवार्ता ८  (सोमबार) र ९ गते (मंगलबार) हुनेछ । वरिष्ठ सिभिल इन्जिनियरका लागि १५ जना प्रारम्भिक छनोटमा परेका छन् । कम्पनीले दुई जना बरिष्ठ सिभिल इन्जिनियर माग गरेको छ । उनीहरूको अन्तवार्ता ९ र १० गते (मंगलबार, बुधबार) हुनेछ ।

वरिष्ठ जियोलोजिष्टका लागि २ जना छनोटमा परेका छन् । एक जनाका लागि निकालिएको विज्ञापनका लागि २ जना सर्ट लिष्टमा परेका हुन् । यसका लागि ११ गते (बिहीबार) अन्तवार्ता हुने कम्पनीले जनाएको छ ।

सिभिल इन्जिनियर (तह–७) का लागि निकालेको विज्ञापनमा २५ जना सर्टलिष्टमा परेका छन् । ४ जनाको मागमा २५ जना अन्तर्वार्ताका लागि छनोट भएका हुन् । उनीहरूको अन्तर्वार्ता जेठ ११ गतेदेखि १३ गतेसम्म हुनेछ । जियोम्याटिक्स/सर्भे इन्जिनियर (तह–७) का लागि १ जना माग गरेकोमा ६ जना प्रारम्भिक छनोटमा परेका छन् । उनीहरूको १३ गते अन्तर्वार्ता हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit