विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिहीबार विद्युत महसुल संकलन काउन्टर बन्द गर्ने भएकाे छ । चालू आर्थिक वर्षकाे अन्तिम दिन काराेबार खाता मिलाउन १ दिनका लागि देशभरका सबै महसुल काउन्टर बन्द गर्न लागिएकाे हाे ।

आर्थिक वर्ष २०७७/७८ को सम्पूर्ण आर्थिक कारोबारको खाताबन्दी गर्नुपर्ने भएकोले सेवा बन्द गर्न लागिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । उनका अनुसार अनलाइनबाट हुने विद्युत महसुल भुक्तानी सेवा पनि एक दिनका लाग बन्द हुनेछ ।

देशभरका वितरण केन्द्रका विद्युत महसुल संकलन काउन्टर र अनलाइन भुक्तानी सेवा  दिनभरी बन्द रहने उनले बताए । निशेधाज्ञा खुलेपछि प्राधिकरणका वितरण केन्द्रहरुले महसुल संकलन कार्य तीव्र पारेका छन् । महसुल तिर्न अटेरी गर्ने ग्राहककाे लाइन काटेर असुल्ने कार्य पनि भइरहेकाे छ ।

वितरण केन्द्रहरूले विशेष टोली बनाएर लाइन सुधार, ग्राहक सेवा, बक्यौता असुली तथा चुहावट नियन्त्रण अभियानको काम गर्दै आएका छन् । वितरण प्रणाली सुधार गर्न जीर्ण अवस्थाका विद्युतीय पोललाई स्टिल र सिमेन्टका पोलले प्रतिस्थापन गर्ने कार्य पनि हुँदै आएकाे छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit